के एल टावरमा मोबाइल फोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैमा

Technology Khabar १० फाल्गुन २०७४, बिहीबार

के एल टावरमा मोबाइल फोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैमा

काठमाडौं ।

काठमाडौं, १० फागुन । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइ वान गेट वान अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरी मोबाइल खरिद गर्ने ग्राहकलाई मोबाइल एक्सचेञ्ज गर्नेहरुलाई पनि सलमान खान सहितका कलाकारको कार्यक्रमको पास सित्तैमा उपलब्ध गराउने भएको हो ।

मोबाइल मेलामा ग्राहकको चहलपहल अधिक भए पछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाडौंको टुडिखेलमा हुन गईरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैंमा बितरण गर्न थालेको जानकारी दिएको छ।

मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ ।

उनका अनुसार के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैंमा प्राप्त गर्ने छन् ।

easy care

प्रकाशित: १० फाल्गुन २०७४, बिहीबार

ताजा समाचार