ओपोले एफथ्री, एफवानएस र ए७१ को मूल्य घटायो

Technology Khabar ४ माघ २०७४, बिहीबार

ओपोले एफथ्री, एफवानएस र ए७१ को मूल्य घटायो

काठमाडौं ।

काठमाडौं, ४ माघ । ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोनका मोडलको मूल्य घटाएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भेरिएन्ट (३ जीबी तथा ४ जीबी) र ए७१ को मूल्य कटौती गरिएको छ ।

उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको उपहार स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।

सेप्टेम्बर २०१६मा सार्वजनिक गरिएको ओपो एफवानएस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामुहिक सेल्फीका लागि ) सहितको एफथ्री सन्२०१७ मे महिनामा सार्वजनिक गरिएको थियो ।

नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलर मध्य रहेका दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय रहेका छन् । त्यसैगरी, सेप्टेम्बर २०१७मा सार्वजनिक ए७१ मिडरेञ्ज्ड फोन हो ।

‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादनमार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने , ‘उपभोक्ता माझबाट अफर, छुट लगायतको माग हुँदै आइरहेको कुरालाई दृष्टिगत गर्दै हामीले नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएका हौँ ।’

मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य ३१ हजार ५ सय ९० रुपैयाँ, एफवानएस (४जीबी) को मूल्य २८ हजार ९सय ९०रुपैयाँ, एफवानएस (३जीबी) को मूल्य २७ हजार ९ सय ९० रुपैयाँ र ए७१को मूल्य २० हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ४ माघ २०७४, बिहीबार