र्इ-कमर्श साइट दराजबाट सामान किन्दा ७० प्रतिशतसम्म छुट

Technology Khabar ६ मंसिर २०७४, बुधबार

र्इ-कमर्श साइट दराजबाट सामान किन्दा ७० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं, ६ मंसिर । ई-कमर्श साइट दराजले (www.daraz.com.np) कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीलाई ७० प्रतिशतसम्मको छुट दिने भएको छ ।

केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि व्ल्याक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् ।

व्ल्याक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकम डट एनपी मार्फत सस्तोमा सामान उपलब्ध उपलब्ध गराउने छन् । दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रालिले जनाएको छ ।

बिहिवार मंसिर ८ गतेदेखि १२ गतेसम्म ब्लाक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिन्छ । विश्वभर नोभेम्बर महिनाको अन्तिम शुक्रबारलाई ब्ल्याक फ्राईडेको रुपमा मनाउने गरिन्छ ।

सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्डलिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ । सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् ।

युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्रमार्फत ४ रात ५ दिनको दुबई भ्रमणको अवसर पाउने छन् ।

साथै पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् ।

यसअघि सन् २०१६ मा पनि दराज केमुले ब्लाक फ्राइडे सेलको आयोजना गरेको थियो । सो सेलमा दराज केमुमा सुचीकृत भएका बिक्रेताहरुको नियमित कारोबार दैनिक १५ गुणाले बढेको कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ६ मंसिर २०७४, बुधबार

ताजा समाचार