चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ३.५४ प्रतिशत: अध्ययन

Technology Khabar १७ श्रावण २०७४, मंगलवार

चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ३.५४ प्रतिशत: अध्ययन
Classic Tech

काठमाडौं । इन्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस) ले गरेको एक अनुसन्धान अनुसार, विद्युत्को नियमित आपूर्ति, राजनैतिक अवरोधमा कमी, सरकारी आय तथा पूँजीगत खर्चमा वृद्धि, भुकम्पपछिको पुर्न निर्माणमा भएको सुधार जस्ता कुराहरुको योगदानले नेपाल १५ वर्ष यताकै उच्च आर्थिक वृद्धि दर हासिल गर्न सफल भएको छ । केन्द्रिय तथ्याङ्क विभागले भने यस अघि नै आर्थिक वर्ष २०१६–१७ मा आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने अनुमान गरिसकेको छ ।

आईआईडिएस ले आफ्ना दुई प्रकाशन नेपाल इकोनोमिक आउटलूक २०१६-२०१७ र सेलेक्टेड एसे अन नेपाली इकोनोमी विमोचन गर्दै सो अनुसन्धान सार्वजनिक गरेको हो ।

कार्यक्रमका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबैले आ आफ्नो क्षेत्रबाट इमान्दारिका साथ काम गर्ने हो भने आर्थिक विकास कागजमा मात्र होइन कार्यान्वयनमा ल्याउने सम्भव रहेको उल्लेख गरे । यसैगरी आई.आई.डी.एस का कार्यकारी निर्देशक विष्णुदेव पन्तले यस प्रतिवेदनले आर्थिक वर्ष २०१६-२०१७ को अर्थतन्त्रमा भईरहेको विकासको समीक्षा, आर्थिक वर्ष २०१७-१८ तथा २०१८-१९ का लागि प्रमुख बृहत आर्थिक सुचाड्ढहरुको पूर्वानुमान तथा नेपालको आर्थिक वृद्धि तथा मानव विकासमा विप्रेषणको प्रभावको सुक्ष्म विश्लेषण प्रस्तुत गर्ने प्रयास भएको विचार व्यक्त गरे ।

राष्ट्यि योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले सेलेक्टेड एसे अन नेपाली इकोनोमीको बारेमा सुक्ष्म विश्लेषण गर्दै नेपालमा प्राथमिक शिक्षामा पहुँच बढेको र गरिबी २५ प्रतिशतमा झरेको अवस्थामा बताए । उनले संख्यात्मक हिसावमा राजनैतिक तथा सामाजिक आयमहरुमा सफलता हासिल भएपनि आर्थिक अभ्यासमा त्यती सुधार हुन नसकेको विचार व्यक्त गरे ।

नेपाल इकोनोमिक आउटलूक २०१६–२०१७ को अध्ययन अनुसार, राष्ट्रिय नीतिमा कुनै पनि परिवर्तनहरु नभएको खण्डमा २०१७–१८ को लागि देशको वास्तविक प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ३.५४ प्रतिशत रहि २०१८–१९ मा ३.७९ प्रतिशत सम्म हुने अनुमान गरिएको छ । यसैगरी वैकल्पिक परिदृष्यमा अनुमान गरिए बमोजिम, २०१७–१८ मा चालु र पूँजीगत खर्च तर्फ क्रमशः ४६.२७ प्रतिशत र १४.६८ प्रतिशत वृद्धि भएमा कुल ग्राहस्थ उत्पादन त्यसै अनुरुप ३.५१ प्रतिशत र ४.०८ प्रतिशत रहने अनुमान गरिएको छ ।

कुल ग्राहस्थ उत्पादनमा २७.४ प्रतिशतको योगदान रहेको र देशका जनताको सबैभन्दा बढी संलग्नता रहेको कृषि क्षेत्र आज पनि अरु आर्थिक क्षेत्रहरु मध्ये प्रमुख मानिन्छ । आर्थिक वर्ष २०१६–१७ मा पनि यस क्षेत्रमा ५.२९ प्रतिशतको राम्रो वृद्धिदर रहेको देखिन्छ । यसका प्रमुख कारणहरु खाद्यान्न बालीमा भएको वृद्धि, अनुकुल वर्षा, कृषिमा भएको बजारीकरण, सिंचाईमा भएको विस्तार, मलजलको पर्याप्त उपलब्धता र प्रयोग नै हुन् ।

यद्यपि औद्योगिक क्षेत्रले पनि २००१–२००२ देखि कै उच्च आर्थिक वृद्धिदर हासिल गरि देशको कुल ग्राहस्थ उत्पादन वृद्धिमा सहयोग गरेको छ । यसको श्रेय नियमित विद्युत आपूर्ति र भुकम्पपछिको पूर्ननिमार्ण कार्यमा देखिएको तदारुकतालाई लिन सकिन्छ ।

त्यसैगरी कुल ग्राहस्थ उत्पादनमा ५१.५४ प्रतिशत ओगटेको सेवामूलक क्षेत्रमा पनि ६.९ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ । स्वदेशी उत्पादनमा भएको वृद्धि पर्यटकको बढ्दो आगमन, आयातमा भएको वृद्धि तथा व्यापारको वातावरणमा देखिएको सुधार नै यस क्षेत्रमा देखिएको सुधारका प्रमुख कारण हुन् ।

यस वर्ष सरकारी आय दोहोरो अंकले वृद्धि भएको छ । दर्ता शुल्कमा भएको वृद्धि, कर तथा गैर कर आयबाट भएको आम्दानी यसका कारक हुन् । निर्यातमा भएको अवरोध तथा सरकारी खर्चमा भएको कमीले गर्दा ओरालो लागेको सरकारी खर्च २०१६ को मध्यबाट विस्तारै सुधारउन्मुख रहेको छ ।

यस वर्ष नियमित समय भन्दाअघि नै बजेट पेश गरिएतापनि बजेट तर्जुमा गर्दाका संरचनात्मक त्रृटि तथा कार्यान्वयन प्रक्रियामा देखिएका समस्याहरुका कारणगत वर्षहरुमाझैं बजेट खर्च यस वर्षं पनिपूर्ण रुपमा उपयोग हुन सकेको छैन ।

खाद्यान्न, पेय पदार्थ तथा अखाद्यवस्तु, सेवाहरुको मुद्रास्फीति निरन्तर घटेको छ । व्यापारमा भएको अवरोध अन्त्यसँगै उपभोक्ता मूल्य स्फीति २०१७ को मध्यमा २.९३ प्रतिशत रह्यो । यर्थाथमा खाद्य तथा पेय पदार्थको मूद्रा स्फीति २०१७ को मार्चमा नकारात्मक देखिएको थियो । यो क्रमागत रुपमा मुद्रास्फिति नकारात्मक रहेको तेस्रो महिना हो । आवासिय तथा उपभोग्य वस्तुको मूल्यमा आएको कमीका कारण अखाद्यवस्तु तथा सेवामा मूल्य स्फीति घटेको छ । यही स्थिति रहेको अवस्थामा उपभोक्ता मूल्य स्फीति २०१७–१८ मा ६.०५ प्रतिशत र २०१८–१९ मा ६.०३ प्रतिशत रहने अनुमान गरिएको छ ।

सामानहरुको निर्यात बढे अनुसार आयात पनि धेरै नै बढेको छ । जसले ५ वर्ष यताकै उच्च व्यापार घाटा २०१६–१७ को पहिलो ८ महिनामा ४८ प्रतिशतले बढेको देखिएको छ । भुकम्पपछि वैदेशिक रोजगारमा जाने व्यक्तिहरु घटेको कारणले विप्रेषण वृद्धिपनि घटेको छ । विप्रेषण वृद्धिमाकमि र व्यापार घाटाले चालु खातामा नै कमी देखिएको छ ।

नेपाल इकोनोमिक आउटलूक २०१६-२०१७ मा “विप्रेषण, आर्थिक, वृद्धि तथामा नवविकास” शिर्षकमा एउटा विशेष अध्ययन समावेश गरिएको छ । अध्ययनले वृहत तहमा विप्रेषणले कसरी नेपालको आर्थिक वृद्धिदर र मानव विकासमा असर गरिरहेको भन्ने देखाएको छ । अध्ययनले देखाए अनुसार विप्रेषणको योगदान आर्थिक वृद्धिमा अल्पकालीन रहेको छ, भने मानव विकासमा दीर्घकालिन रहेको अनुसन्धान संस्थाले उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: १७ श्रावण २०७४, मंगलवार

Loading...