अब तपाईँको स्मार्टफोन ५ मिनेटमा पुरै चार्ज हुने

Technology Khabar २ जेष्ठ २०७४, मंगलवार

अब तपाईँको स्मार्टफोन ५ मिनेटमा पुरै चार्ज हुने

काठमाडौं ।

काठमाडौं, २ जेठ । अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले फोन चार्ज गर्ने समस्या भोग्ने गरेका छन् । अहिलेको अधिक क्षमताका स्मार्टफोन पुरै चार्जगर्न आधा घण्टादेखि आधा दिनसम्म लाग्ने गरेको छ । अझ निकै जरुरी काम भएको बेलामा काम गरिरहँदा फोन चार्ज सकिएर हैरान हुने अधिकांश मोबाइल फोन प्रयोगकर्ता छन् ।

तर अब यस्तो समस्याबाट मुक्त हुने प्रविधि आउन लागेको छ । मोबाइल फोन चार्ज गर्न अधिक समय लागिरहेको बेलामा नयाँ प्रविधि आविश्कार भएको छ जसले केबल ५ मिनेटमा नै तपाईँको स्मार्टफोनलाई पुरै चार्ज गर्नेछ ।

स्मार्टफोनको ब्याट्रीलाई पुरै चार्ज गर्न केबल ५ मिनेट मात्र लाग्ने यस्तो प्रविधि आगामी वर्षसम्म ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् ।यस्तो प्रविधि सबैभन्दा पहिले सन् २०१५ मा देखिएको थियो, जहाँ इजरायली स्टार्टअप स्टोरडटले लास भेगासमा भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा फ्ल्याशब्याट्री देखाएको थियो ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोरोन मासडोर्फकाअनुसार यो प्रविधिको उत्पादन सन् २०१८ को शुरुवातमा शुरु हुने अपेक्षा गरिएको छ ।

तर यो प्रविधि कुन कम्पनीले पहिलो पटक उत्पादन गरेर प्रयोग गर्नेछ भन्ने बारेमा भने कुनै जानकारी दिईएको छैन् ।

सो कम्पनीको ब्याट्रीमा नन–ट्रेडिसनल रियाक्सनको लागि सामाग्रीहरु राखिएकोछ र यसमा एनोड टू क्याथोडमा तिब्ररुपमा आयोन प्रसार गर्दछ, यो एउटा इलेक्ट्रिकल प्रकृया हो जसले ब्याट्रीलाई चार्ज गर्दछ । यसमा नानो मेटेरियलल्स प्रयोग गरिएको बताईएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार अब केबल ५ मिनेटमा यो प्रबिधिबाट स्मार्टफोन चार्ज हुनेछ ।

मायर्सडोर्फकाअनुसार यो प्रविधिको पाइलट उत्पादन हुरु भईसकेको छ, जसलाई दुईवटा एशियाली ब्याट्री उत्पादकहरुले उत्पादन गरेका थिए र यसको बृहत उत्पादन सन् २०१८ को पहिलो चौमासिकमा शुरु हुने अपेक्षा गरिएको छ ।

स्टोरडलले गत साता मात्रै बर्लिनमा आयोजना भएको टेक शोमा इलेक्ट्रीक कार ब्याट्री पनि सार्वजनिक गरेको थियो जसलाई ५ मिनेटमा नै चार्ज गर्न सकिनेछ ।

कम्पनीले ५ मिनेटमा चार्ज गरिएको ब्याट्री करिब ३०० माइलको रेन्जसम्म यात्रा गर्न सकिन्छ । तर यो प्रविधिभएको ब्याट्रीको विकास गर्न अझै समय ३ वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।

यस्तै तिब्ररुपमा ब्याट्री चार्ज गर्नको लागि अन्य कम्पनीहरुले पनि अनुसन्धान गरिरहेका छन भने केहि कम्पनीले नयाँ प्रविधिहरु सार्वजनिक गरिरहेका छन् ।

विश्लेषकले भने यो प्रविधिको बारेमा अझै आशंका रहेको बताएका छन् ।

माध्यम

easy care

प्रकाशित: २ जेष्ठ २०७४, मंगलवार

ताजा समाचार