एप्पलको आइफोन एसईको नयाँ संस्करण, यस्तो हुनेछ डिजाइन

Technology Khabar २८ बैशाख २०७४, बिहीबार

एप्पलको आइफोन एसईको नयाँ संस्करण, यस्तो हुनेछ डिजाइन

काठमाडौं ।

काठमाडौं, २८ बैशाख । एप्पलले आइफोन ८ सार्वजनिक गर्ने चर्चा बाहिर आईरहेको बेलामा कम्पनीले नयाँ फोनको तयारी गरेको रिपोर्ट आएको छ ।

कम्पनीले सन् २०१६ मार्चमा ४ इन्चको आइफोन एसई (iPhone SE) सार्वजनिक गरेको थियो जून सानो स्क्रीन रुचाउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको थियो । अहिले फेरी त्यहि आइफोन एसईको नयाँ संस्करण बजारमा आउन लागेको रिपोर्ट बाहिर आएको छ ।

करिब १ वर्षपछि एप्पलले आइफोन एसईको नयाँ स्टोरेज संस्करणहरु बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले ३२ जीबी र १२८ जीबीको आईफोन एसई ल्याएको थियो । कम्पनीले सन्२०१७ को लागि डब्लूडब्लूडिसी इभेन्ट घोषणा गरिसकेको छ भने यहि समयमा आइफोन एसईको नयाँ भर्सन आउन लागेको रिपोर्ट आएको हो ।

हालै चीनियाँ सोसल साइट वेबोमा एक जना प्रयोगकर्ताले नयाँ आइफोन एसईको बाहिरी खोलको फोटो सार्वजनिक गरेको छ । यो फोनको नाम अझै सुनिश्चित नभएपनि आइफोन एसईको नयाँ जेनेरेशन ल्याउन लागिएको अनुमान गरिएको छ ।

अझ यो बाहिरी भागमा ग्लास प्रयोग गरिएको छ, जसले गर्दा एप्पल अब मेटलबाट सिफ्ट भएर आइफोनको पछाडिको भागमा ग्लास प्रयोग गर्ने सोचमा छ भन्ने पुष्टि गरेको छ । नयाँ खोलमा क्यामरा र फ्ल्याश लाइट ठाडो गरि राखिएको छ भने क्यामराका ठिक मुनी एलईडी हुनेछ ।

एप्पलले आइफोन एसईमा प्रयोग गर्ने ग्लास शेल आयोन एक्स ग्लासबाट निर्मित छ जून हाल एप्पल वाच स्पोर्टसमा प्रयोग हुँदै आएको छ । आयोन एक्स ग्लास अधिक लचकदार, हलुका तथा कम खर्चालु हुने बताईएको छ ।

एप्पलले सन् २०१७ मा सार्वजनिक गर्ने आइफोन एसईको नयाँ संस्करणको अन्य बिबरणहरु आएका छैनन् । तर यहि जून ५ देखि शुरु हुने डेभलपर कन्फ्रेन्सपछि भने नयाँ जानकारीहरु आउने अनुमान गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: २८ बैशाख २०७४, बिहीबार