एभरेष्ट बैंकले निक्षेपको ब्याजदर घटायो

Technology Khabar ६ चैत्र २०७३, आईतवार

एभरेष्ट बैंकले निक्षेपको ब्याजदर घटायो

काठमाडौं ।

काठमाडौं, ६ चैत । एभरेष्ट बैंकले निक्षेपको व्याजदर घटाएको छ । शुरुवातको लागी बैंकले अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५०% ले घटाएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको जानकारी दिएको छ ।

यसरी बचतमा ब्याज घटाउँदा, व्यवसायी/उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्ने बैंकको दाबी छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७३, आईतवार