चन्द्रागिरि केबलकारमा उपराष्ट्रपति पुन

Technology Khabar २२ फाल्गुन २०७३, आईतवार

चन्द्रागिरि केबलकारमा उपराष्ट्रपति पुन
Classic Tech

काठमाडौं, २२ फागुन। उपराष्ट्रपति नन्द बहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै उपराष्ट्रपति पुनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २२ फाल्गुन २०७३, आईतवार

Loading...