चीनसँग इन्टरनेट आबद्धता, वैकल्पिक मार्गको अवसर लिन सकिने

Technology Khabar २२ मंसिर २०७३, बुधबार

चीनसँग इन्टरनेट आबद्धता, वैकल्पिक मार्गको अवसर लिन सकिने

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । नेपाल र चीनबिच इन्टरनेट आबद्धता भएको छ । यसले  नेपाली इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ विकल्प प्रदान गरेको छ ।

यसअघि भारतीय इन्टरनेट मात्र प्रयोग गर्नुपर्ने बाध्यता अब अन्त्य भएको छ । हालै नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोंग गेटवे हुँदै टेरिस्टोरियल केबल रुटबा जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेडका कार्यकारी उपाध्यक्ष ओउ यानले मंगलबार हंगकंगमा एक कार्यक्रमका बिच हस्ताक्षर गरेको टेलिकमले जनाएको छ ।

चीनसँगको सम्झौताले उक्त क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकहरुसँग जोडिन सहज हुने टेलिकमको भनाई छ ।

भारतीय मार्गबाट इन्टरनेसनल कनेक्टिभिटी भईरहेको थियो । हाल भैरहवा, बीरगंज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसंचार सेवा प्रदायकसँग जोडिएकोमा अब चीनियाँ मार्गबाट समेत इन्टरनेटमा आबद्ध हुन सहज भएको टेलिकमले उल्लेख गरेको छ ।

कार्यक्रममा चाइना टेलिकम ग्लोबलका उपाध्यक्ष यानले हिमालय क्षेत्रमा कम्पनीले रुट बिस्तार गरिरहेको र यसले नेपाल चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेट ट्रान्जिट सेवा लिन सकिने बताए ।

easy care

प्रकाशित: २२ मंसिर २०७३, बुधबार