यामाहाले १० जना विजेतालाई जापान भ्रमणमा लग्ने

Technology Khabar ७ मंसिर २०७३, मंगलवार

यामाहाले १० जना विजेतालाई जापान भ्रमणमा लग्ने

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का १० जना साप्ताहिक विजेतालाई जापान लाने भएको छ । आइतबार गरिएको लक्कि ड्रबाट शशीराम विक दसौं तथा यो योजनाका अन्तिम विजेता घोषित भएका हुन् । उनले सुर्खेतस्थित डेनिस अटो सप एन्ड सप्लायरबाट १५० सीसीको एजजीआरआर खरिद गरेका थिए ।

यसअघि पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुँयाल, धु्रव प्रसाद बेल्बासे, रतिराम चौधरी, चित्रबहादुर श्रेष्ठ, मनोजकुमार शर्मा र मीनादेवी पौडेलले यामाहाको जापान भ्रमणमा जाने अफर जितेका थिए । एमएडब्लुले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ अफर ल्याएको थियो ।

यो योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ नगद छुट पाएका छन् । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले प्रविधिको पर्याय मानिने देश जापान भ्रमणको अवसर पाएका छन् । भाग्यशाली विजेताले टोकियोस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् ।

यो योजना तिहारसम्म संचालन गरिएको थियो । नेपाली बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजेडआर रेजी लगायतका दुईपांग्रे उपलब्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ७ मंसिर २०७३, मंगलवार