एनबिआई र भारतीय संस्था एमडीआई बिच समझदारी पत्रमा हस्ताक्षर

Technology Khabar ३० कार्तिक २०७३, मंगलवार

एनबिआई र भारतीय संस्था एमडीआई बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई)ले भारतको गुडगाउँमा अवस्थित म्यानेजमेन्ट डेभपलमेन्ट इन्स्टिच्यूट (एमडीआई) संग समन्वय गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बा र एमडीआईको तर्फबाट संस्थाका निर्देशक डा. सी.पि. श्रीमालीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

डा. श्रीमाली व्यवस्थापन र लिडरसिप विकासको क्षेत्रमा भारतमा प्रख्यात व्यक्तित्व हुनुहुन्छ । यसको अतिरिक्त सन् १९८६ मा नबिल बैंकको कर्मचारीहरुको पहिलो टोलीलाई करीव दुई वर्षसम्म तालिम प्रदान गरेका थिए ।

रणनीतिक साझेदारी अन्र्तगत यी दुई प्रतिष्ठानहरुले मानव संशाधन विकास अन्र्तगत तालीम, शैक्षिक र अनुसन्धानका क्षेत्रमा समन्वय गर्नेछ । यसको साथै यी दुई संस्थाहरुले तालीम, गोष्ठी तथा सेमिनारहरु सञ्चालक गर्न एक आपसमा सहयोग गर्नेछ । दुई संस्था विच अनुभव आदान प्रदानबाट आपसी हितको लागि परमर्श र अध्ययन तथा अनुसन्धानमा समेत सहकार्य गर्ने उल्लेख छ ।

एमडीआईले नेपाली बैंक तथा वित्तीय संस्थामा मध्ययम देखि उच्च तहमा कार्यरत जनशक्तिहरुलाई व्यवस्थापन तथा नेतृत्व विकास विषयक कार्यक्रमहरु तयार गरी प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार