थाईल्याण्ड नेपाल दशैं फेष्टिवल शुक्रबारदेखि हुँदै

Technology Khabar १२ आश्विन २०७३, बुधबार

थाईल्याण्ड नेपाल दशैं फेष्टिवल शुक्रबारदेखि हुँदै

काठमाडौं ।

काठमाडौं, १२ असोज । सायम लंचंग बैंककको आयोजना यहि असोज १४ गतेदेखि १८ गतेसम्म थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । थाइल्याण्ड नेपाल दशैं फेष्टिवले नेपाल र थाइल्याण्डको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले थाईल्याण्ड नेपाल दशैं फेष्टिवल २०१६ मा नेपाल, थाइल्याण्ड र बंगलादेशका गरी १ सय ५० बढी प्रदर्शनी कक्षहरु रहने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुटी भुटीसान्टले दुई मुलुकका बिचमा फेष्टिवलले व्यवशायीक सम्बन्ध बिस्तार गर्ने दाबी गरे ।
काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि गर्नेछन् । त्यसै गरी थाइल्याण्डका ४० भन्दा बढी व्यवशायीको फेष्टिबलमा सहभागिता रहनेछ ।

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७३, बुधबार

ताजा समाचार