एनसेलको बाइक उपहार दुराले पाए

Technology Khabar २१ श्रावण २०७३, शुक्रबार

एनसेलको बाइक उपहार दुराले पाए

काठमाडौं ।

काठमाडौं, २१ साउन । मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत राजधानीको नयाँ बसपार्कमा रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार प्रदान गरेको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्ये एक हो ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटर साईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् ।

उनलाई एनसेलको  बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो उपहार प्रदान गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २१ श्रावण २०७३, शुक्रबार

ताजा समाचार