पहिलो विजनेश एक्सिलेरेटरका लागि आवेदन खुल्ला

Technology Khabar ६ श्रावण २०७३, बिहीबार

पहिलो विजनेश एक्सिलेरेटरका लागि आवेदन खुल्ला

काठमाडौं ।

काठमाडौं, ६ साउन । नेपाली यूवा उद्यमी मंचको पहलमा संचालन हुन लागेको नेपाली व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम Enterprise: Nepal Business Accelerator Program का लागि विहिवारदेखि आवेदन खुल्ला गरिएको छ ।

साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रबाट ल्याइएको यो पहिलो कार्यक्रम हो । साना तथा मझौला व्यवसाय जो पूंजी, वजार पहुंच, प्रविधिगत ज्ञान आदिमा आफूलाई अद्यावधिक गर्न सकेका छैनन तीनिहरुलाई क्षमतावान वनाउन यो कार्यक्रम संचालनमा ल्याएको मंचले जनाएको छ ।

यस कार्यक्रम अन्तरगत छनौट भएका कम्पनीहरुलाई करिव १२ हप्ताको विशेष परामर्शमुलक तालीम दिइनेछ जसको उद्देश्य कम्पनीको व्यवसाय प्रबद्र्धन र ती कम्पनीहरुमा नयां लगानीकर्ताहरुको आकर्षण गर्नमा सघाउ पु¥याउनु हुनेछ । समग्रमा यसबाट ती कम्पनीहरुका लागि सफल विज्ञ उद्यमीहरुसंग आफ्ना व्यवसायका उद्देश्य तथा लक्षका वारेमा पुनर छलफल गर्ने, वित्तिय योजनाहरु प्रस्तुत गर्ने, कानूनी परामर्श सहित अन्तत उच्च वृद्धिका लागि आन्तरिक स्रोत विकास गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्ने छन । साथै उनीहरु धेरैपटक लगानीकर्ताहरुसंगको छलफलमा समेत सहभागी हुन पाउनेछन् ।

यो कार्यक्रममा सहभागी हुन कम्तीमा दुई वर्ष संचालनमा रहेका, लगानीकर्ताको खोजीमा रहेका, आफ्नो कम्पनीलाई नयां उचाइमा लैजान प्रतिवद्ध र लालयित संस्थापकहरु रहेको कम्पनी मात्र यसका लागि योग्य मानिनेछ ।

कार्यक्रमका निर्देशक अजय श्रेष्ठ भन्छन् “श्रोत र साधन नपाएका तर आफूलाई विकास गर्न पर्याप्त गुन्जायस राख्ने साना तथा मझौला उद्यमीहरुलाई आवश्यक श्रोत साधनका माध्यमबाट उनीहरुको सम्पूर्ण विकासका लागि रणनीति बनाउन सहयोग पुर्याउने कार्यक्रम हो । जसले गर्दा कम्पनीलाई आन्तरिक क्षमता विकास गरी लगानीकर्ताहरु आकर्षित गर्न सघाउ पु¥याउने छ ।”

कार्यक्रम यूवा उद्यमी मंचको पहलमा ओक्लोहामा विश्वविद्यालय अन्तर्गतको सेन्टर फर क्रिएशन अफ इकोनोमिक वेल्थको साझेदारीमा नेपालमा लगानी, परामर्श तथा व्यवस्थापनका क्षेत्रमा काम गर्ने True North Associates को लगानी तथा व्यवस्थापनमा संचालन हुन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ६ श्रावण २०७३, बिहीबार