ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा

Technology Khabar २७ असार २०७३, सोमबार

ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा

काठमाडौं ।

काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकल बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा पुर्याउने लक्ष्य सहित बैंकले आफ्ना शाखा कार्यालयहरुमा एटिएम, लकर, इन्टरनेट तथा मोबाइल बैकिङ्ग सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएमसँगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा  शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

easy care

प्रकाशित: २७ असार २०७३, सोमबार