मेजू एमएक्स सिक्स यहि जूलाईमा सार्वजनिक हुने, ३ जीबी र ४ जीबी र्याम अप्सन

Technology Khabar २४ असार २०७३, शुक्रबार

मेजू एमएक्स सिक्स यहि जूलाईमा सार्वजनिक हुने, ३ जीबी र ४ जीबी र्याम अप्सन
मेजू एमएक्स ६ को कन्सेप्ट

काठमाडौं ।

काठमाडौं, २४ असार । मेजूको आउन लागेको फ्ल्यागशिप स्मार्टफोन एमएक्स सिक्स (Meizu MX6) यहि जूलाई १९ मा सार्वजनिक हुने भएको छ । मेजूको यो स्मार्टफोनको बारेमा केहि महिनादेखि बजारमा आउने चर्चाहरु आईरहेका थिए ।

मेजूले एमएक्स लाइनअपको नयाँ स्मार्टफोन मेजू एमएक्स सिक्स पत्रकार सम्मेलन गरेर नै विश्व बजारमा सार्वजनिक गर्ने भएको छ । यसका साथै कम्पनीले सोहि दिन अन्य केहि नयाँ उत्पादनहरु पनि बजारमा ल्याउने बताईएको छ ।Meizu mx6

विभिन्न समाचारहरुअनुसार एमएक्स सिक्स स्मार्टफोन यसअघिको मेजू प्रो सिक्स कै जस्तो डिजाइन र लूक्समा आउनेछ । तर मेजूले भने आउन लागेको नयाँ स्मार्टफोन अहिलेभएका एमएक्स सिरिजका डिभाइसहरु भन्दा पूर्णरुपमा अलग र नयाँ हुने दाबी गरेको छ ।

मेजूले सोहि अवसरमा सार्वजनिक गर्ने अन्य उत्पादनहरुमा एयरफोन, हेडफोन्स, र नयाँ फास्ट चार्जिग उपकरणसहितको पावरब्यांक हुने अनुमान गरिएको छ ।

मेजू एमएक्स सिक्सका विशेषताहरु

मेजू एमएक्स सिक्स स्मार्टफोनमा हेलियो एक्स २० चीपसेट प्रयोग गरिने छ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज अप्सन हुनेछ । यसमा २०.७ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ भने ४,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोन दुईवटा भर्सनमा आउने बताईएको छ । पहिलो भर्सनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज छ भने अर्को भर्सनमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ ।

कम्पनीले यो स्मार्टफोनमा यसअघिको प्रो सिक्सका केहि प्रविधिहरु थप गरिएको हुँदा मूल्य केहि बढ्ने जानकारी दिएको छ । मेजू एमएक्स सिक्स स्मार्टफोनको मूल्य करिब ३,०० अमेरिकी डलर हुने अनुमान गरिएो छ ।

माध्यम

easy care

प्रकाशित: २४ असार २०७३, शुक्रबार