आईफोनबाट अब अंग दान गर्न सकिने, आईओएस १० को हेल्थ एपमा सुविधा

Technology Khabar २३ असार २०७३, बिहीबार

आईफोनबाट अब अंग दान गर्न सकिने, आईओएस १० को हेल्थ एपमा सुविधा

काठमाडौं ।

काठमाडौं, २३ असार । एप्पलको आईफोन प्रयोगकर्ताहरुको अब फोनबाट आफ्ना अंग दान गर्ने सेवा आउने भएको छ । आईफोन प्रयोगकर्ताले आफ्नो फोनमा भएको हेल्थ एपमा साइन इन गरेर विभिन्न अंग दान गर्न सक्ने भएका हुन् ।

एप्पलले आईफोनका लागि ल्याउन लागेको नयाँ अपरेटिंग सिस्टम आईओएस १० सिस्टमले विभिन्न अंग, आँखा र टिस्यू दान गर्न सक्ने सुविधा ल्याउन लागेको हो । डिभाइसमा भएको हेल्थ एपमा सामान्य प्रकृयाअन्तर्गत प्रयोगकर्ताले साइन इन गरेपछि स्वचालितरुपमा दान गर्ने नामावलिमा दर्ता हुनेछ । तर यो व्यवस्था शुरुवाती चरणमा अमेरिकी प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । साइन इन भएपनि प्रयोगकर्ता डोनेसन लाइफ अमेरिकाद्धारा व्यवस्थित गरिएको नेशनल डोनेसन लाइफ रजिस्ट्रिमा दर्ता हुने छ ।ios10-01

यो नयाँ फीचरले प्रयोगकर्तालाई कतिखेर दान गर्न जाने भन्ने अधिकारि पनि प्रदान गरेको हुन्छ । एप्पलले जारी गरेको स्टेटमेन्टमा भनिएको छ, १ लाख २० हजार भन्दा बढि अमेरिकनहरु जिवन बचाउने पुनस्र्थापनाका लागि कुरीरहेका छन र प्रत्येक अंग दानकर्ताले करिब ८ जनालाई बचाउन सक्नेछ ।

एप्पलले ल्याउने आईओएस १० को बेटा भर्सन प्रोग्राम यहि जुलाईको अन्त्यसम्ममा आउने छ भने फाइनल भर्सन शरद ऋतुमा सार्वजनिक हुनेछ ।

माध्यम

easy care

प्रकाशित: २३ असार २०७३, बिहीबार