निर्यातका लागि ऐन कानुनको कार्यान्वयन जरुरी भएको व्यवसायीको भनाई

Technology Khabar ९ असार २०७३, बिहीबार

निर्यातका लागि ऐन कानुनको कार्यान्वयन जरुरी भएको व्यवसायीको भनाई

काठमाडौं ।

काठमाडौं, ९ असार । नेपाल निर्यात परिषदले आयोजना गरेको एक दिने निर्यात सम्बन्धित समसामायिक विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ऐन, कानुन एवं निती नियमलाई राम्रोसंग कार्यान्वयनमा लैजान सकिएन निकासी सम्भव नभएको बताए । उनले निर्यातलाई सहजीकरण गर्न एवं प्रोत्साहन गर्ने नाममा लागू औषधको कारोबार फस्टाउन सक्ने भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

अन्तरक्रियामा नेपाल प्रहरी लागुऔषध कारोबार नियन्त्रण महाशाखाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले लागुऔषध कारोबारको डरलाग्दो तथ्यांक प्रस्तुत गरेका थिए । पछिल्लो समय लागुऔषध कारोबारीले नयाँ विधि र प्रक्रिया अपनाउने गरेको भन्दै उनले कतिपय व्यवसायीसमेत प्रलोभनमा परेर यस्तो गतिविधिमा संलग्न हुने गरेको तथ्य पत्ता लागेको बताए । लागुऔषध कारोबारीले नरिवल, बुद्धको मूर्ति, च्यावनप्रास, पस्मिना, अण्डाको ब्रोक्रा, सुन्तलाको बोक्राभित्र लागुऔषध प्याकिङ गरी ओसारपसार गर्ने गरेको पनि बोहाराले बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक तेजसिंह बस्नेतले असल नियतले गरिने आयात निर्यातमा कुनै अवरोध नरहेको बताए । वस्तुको प्याकिङमै सही विवरण उल्लेख भएमा स्वदेशी र विदेशी भन्सारमा पनि कुनै अवरोध नहुने उनको भनाइ थियो ।

नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यात प्रवद्र्धनलाई सरकारले खासै प्राथमिकता नदिएको गुनासो गरे । निर्यात प्रवद्र्धनका विषयमा आगामी वर्षको बजेट मौन रहनु चिन्ताको विषय भएको पनि उनले बताए ।

easy care

प्रकाशित: ९ असार २०७३, बिहीबार