रनका सुजको स्कुल कलेज अफर

Technology Khabar ७ असार २०७३, मंगलवार

रनका सुजको स्कुल कलेज अफर

काठमाडौं ।

काठमाडौं, ७ असार । रन सुज इण्डष्टिज प्रा. लि ले यस बर्ष रन सुजको स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर नामक उपहार योजना बजारमा ल्याएको छ । यस योजनामा प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने छ, जसमा हात खाली नहुने गरि रु १,००,००० (एक लाख) सम्म नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै स्कुल र कलेजका विद्यार्थिलाई लक्षित गरि नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । बजारमा आएका नयाँ मोडलका स्कुल कलेज जुत्ताहरु सस्तो, बलियो र आरामदायी रहेको कम्पनिका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए ।

रन ब्राण्डका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अन्तराष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड प्राप्त उद्योगले रन ब्राण्डका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण गर्दै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ७ असार २०७३, मंगलवार