जुत्ता चप्पल तथा बस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

Technology Khabar ६ पुष २०७२, सोमबार

जुत्ता चप्पल तथा बस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

काठमाडौं ।

काठमाडौं, ६ पुस । नेपाली जुत्ता, चप्पल तथा कपडाहरुको प्रदर्शनी यहि ९ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ २०७२ साल पौष ९ गते देखि १५ गते सम्म मृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको हो ।

यो पटक पनि कपडा तथा सिलाई व्यवसायी संघलाई समावेश गराई एउटै छानामुनी नेपाली वुट र नेपाली सुटको प्रर्दशनी आयोजना हुन लागेको संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दियो ।

यो प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरु र नेपाल कपडा तथा सिलाई व्यवसायीका गरि करिव १०५ वटा स्टल रहनेछन । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सर्टि¨ सुटिङ्गका डिजाईनहरु प्रदर्शनीमा रहनेछन् । छाला जुत्ता तथा वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने संस्थाले जनाएको छ ।

नेपाली जुत्ता चप्पल र छालाजन्य वस्तुहरुको वर्तमान अवस्थाः

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरुको संख्याको तथ्यगत तथ्यांक नभएतापनि घरेलु तथा साना उद्योग विभाग र समिति अन्तरर्गत दर्ता भएका ८५०, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका २०६, परम्परागत शिपमा आधारित दर्ता नभएका अनुमानित ५०० र हस्तकलाजन्य उन र प्राकृतिक रेसामा आधारित करिव ५०० गरि झण्डै २००० भन्दा बढि उद्योग तथा व्यावसायीहरु रहेको अनुमान छ । यी उद्योगहरुमा  झण्डै ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । जस मध्ये ३० प्रतिशतको संख्या महिलाको रहेको छ । यो वाहेक अप्रत्यक्ष रुपमा झण्डै २,५०,००० व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । हामीले भन्दै आएका छौं की नेपाली वजारमा जुत्ता चप्पलको माग करिव ५ करोड जोर रहेको छ  देशको कूल माग मध्ये ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले आपूर्ति गर्ने गरेको छ । त्यस मध्ये स्कूल, कलेज, सेक्यूरीटी गार्ड मा प्रयोग गरिने जुत्ता चप्पल अधिकांश स्वदेशी नै प्रयोग गरेको पाईन्छ ।

यसैगरि २०५५ सालमा स्थापना भएको नेपाल कपडा तथा सिलाई व्यावसायी संघमा देशभर छरिएर रहेका परम्परागत र संस्थागत गरि लगभग २५०० सिलाई व्यवसायीहरु रहेका छन् । झण्डै  ९५ प्रतिशत व्यावसायीहरु परम्परागत शिप भएका व्यावसायीहरु छन् । करिव १ लाख ५० हजार व्यक्तिलाई रोजगारी दिई रहेको यो क्षेत्रमा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी जनशक्ति कार्यरत रहेको संस्थाले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ६ पुष २०७२, सोमबार

ताजा समाचार