माइक्रोम्याक्सको यू ब्राण्डमा यूटोपिया स्मार्टफोन, ४ जीबी र्याम तथा ५.२ इन्चको क्यूएचडी डिस्प्ले

Technology Khabar २ पुष २०७२, बिहीबार

माइक्रोम्याक्सको यू ब्राण्डमा यूटोपिया स्मार्टफोन, ४ जीबी र्याम तथा ५.२ इन्चको क्यूएचडी डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सको सहायक ब्राण्ड यूले (YU) नयाँ स्मार्टफोन यूटोपिया (Yutopia) लन्च गरेको छ । कम्पनीले पहिलो प्रिमियम फ्ल्यागशिप स्मार्टफोन यूटोपिया भारतीय बजारमा सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन यूनिबडी एल्मुनियम डिजाइनमा रहेको छ भने यसमा एयरक्राफ्ट ग्रेड एल्मुनियम प्रयोग गरिएको छ । कम्पनीकाअनुसार यो फोन अन्य स्मार्टफोनभन्दा ९० प्रतिशत अधिक पावरफुल छ भने यो ७.२ मिलिमीटर मोटाईको रहेको छ ।MobilesKhabar_04

यो स्मार्टफोनमा ५.२ इन्चको सार्पद्धारा निर्माण गरिएको क्यूएचडी एलसीडी डिस्प्ले (2K Display) राखिएको छ भने यसलाई कोर्निग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ । यसको रिजोल्यूशन १४४०X२५६० पिक्सेल रहेको छ ।

यूटोपिया स्मार्टफोनमा ६४ बिटको २ गीगाहर्जको क्वालकम स्न्यापड्रयागन ८१० अक्टा-कोर प्रोसेसर प्रयोग गरिएको छ । त्यसैगरी यसमा ४ जीबीको डिडिआर फोर र्याम तथा ३२ जीबीको आन्तरिक मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म बढाउन सकिन्छ ।MobilesKhabar_01

यू यूटोपिया फोनमा दुईवटा एलईडी फ्ल्याशसहित २१ मेगापिक्सेलको सोनी आईएमएक्स२३० (IMX230) रियर क्यामरा राखिएको छ, जसमा फेस डिटेक्सन, अटोफोकश, अप्टिकल इमेज स्टेबलाईजेशनलगायतका फीचर रहेका छन् । रियर क्यामराले फोरके भिडियो रेकर्ड गर्न सकिन्छ । त्यसैगरी यसमा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यूटोपियामा पछाडि भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ, जसले द्रुत गतिमा सेल्फी लिन सहयोग गर्दछ । फोनमा डिटिएस अडियो सपोर्ट छ भने हाउस अफ मार्लेद्धारा निर्मित ईयरफोन फोनसँगै दिईनेछ ।

यो स्मार्टफोन ललीपप ५.१ मा आधारित क्यानोजेस अपरेटिंग सिस्टम १२.१ मा संचालित हुनेछ भने यसलाई मार्शमाल्लोमा छिटै अपग्रेड गर्न सकिनेछ ।

फोनसहित कम्पनीको ‘अराउण्ड यू’ (Around YU) नामक नयाँ सेवा पनि प्रयोग गर्न पाईनेछ । यो सेवामा विभिन्न कम्पनीहरुको सेवा समेत समावेश रहेको छ । यसअन्तरगत जोमाटोबाट खानाको अर्डर, सपिंगका लागि स्क्यानडिड, ट्राभल बुकिंगका लागि एलजीगो, क्याब बुकिंगका लागि ओला ट्याक्सी जस्ता सेवा समावेश गरिएको छ । यो फोनमा विभिन्न सेवाहरुका लागि एउटा मात्र एप प्रयोग गरेपुग्ने कम्पनीको भनाई छ ।

फोनमा ३,००० एमएएचको पोलिमर नन-रिमुबल अर्थात झिक्न नमिल्ने ब्याट्री राखिएको छ भने फोनले फास्ट चार्जका लागि क्वालकम क्विकचार्ज २.० सपोर्ट गर्दछ । फास्ट चार्जमा १ घण्टा भित्र फुल चार्ज हुने बताईएको छ ।

दुई सिम सपोर्ट गर्ने यो फोनमा एउटा सिम माइक्रो सिम हो भने अर्को नानो सिम प्रयोग गर्न सकिन्छ । त्यसैगरी यसमा कनेक्टिभिटीका लागि फोरजी एलटिई, थ्रीजी, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतका फीचर्स छन् ।

यू यूटोपिया स्मार्टफोन भारतीय बजारमा ई कमर्श साइट अमेजन इण्डियामा २४ हजार ९ सय ९९ भारुमा खरिद गर्न सकिनेछ । यो फोन हाल प्रि बुकिंग मात्र गर्न सकिन्छ भने डिसेम्बर २६ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

त्यसैगरी कम्पनीले यूटोपिया खरिदकर्तालाई अपग्रेड हुने सुनिश्चितता पनि कम्पनीले दिएको छ । यसको अर्थ नयाँ स्मार्टफोन यूटोपिया २ मा प्रयोगकर्ताहरु अपग्रेड हुनसक्नेछन् । यूटोपिया २ लन्च भएपछि पुरानो यूटोपिया स्मार्टफोनको ४० प्रतिशत मूल्य फिर्ता गरेर थप रकममा नयाँ फोन खरिद गर्न सकिनेछ ।

easy care

प्रकाशित: २ पुष २०७२, बिहीबार