विश्वका सबैभन्दा धेरै नगद मौज्दात भएका टेक कम्पनीहरु

Technology Khabar ११ कार्तिक २०७२, बुधबार

विश्वका सबैभन्दा धेरै नगद मौज्दात भएका टेक कम्पनीहरु

काठमाडौं ।

काठमाडौं, ११ कात्तिक । पछिल्लो समय सुचना प्रविधि तथा स्मार्ट प्रविधि निर्माण गर्ने कम्पनीहरुको संख्या बढिरहेको छ । हरेक क्षण विश्वमा कुनै न कुनै नयाँ प्रविधिको बारेमा चर्चा परिचर्चा हुने गरेको छ । यसै सन्दर्भमा विश्वका प्रमुख टेक कम्पनीहरुमध्येका केहि कम्पनीहरुसँग भने कति रकम छ भन्ने सबैको जिज्ञासाको विषय हुनसक्दछ । विश्वभरका लाखौं टेक कम्पनीहरुमध्ये केहि सिमित कम्पनीहरुसँग अर्बौंको नगद रकम रहेको छ ।

विश्वका सबैभन्दा ठूला र प्रमुख कम्पनीहरु जो नयाँ र स्मार्ट प्रविधिमा आधारित भएर आफ्ना सेवा तथा उत्पादनहरुको बिक्री बितरण गरिरहेका छन्, यी कम्पनीहरु अधिकांश अमेरिकास्थित सिलिकन भ्यालीमा आधारित रहेको देखिएको छ । सिलिकन भ्यालीमा रहेका यी कम्पनीहरुको नगद मौज्दात यस्तो छ ।

यी कम्पनीहरुमध्ये सबैभन्दा धेरै नगद रकम विश्वको सबैभन्दा मुल्यवान कम्पनीको रुपमा स्थापित हुन सफल भएको एप्पल इंक (Apple Inc.)सँग नै रहेको छ । धनीहरुको बारेमा जानकारी दिने पत्रिका फोर्ब्सका अनुसार अहिले एप्पलसँग एक्लै २ सय ५ दशमलब ५ विलियन अमेरिकी डलर नगद रहेको छ । यो रकम यसपछिको श्रेणीमा रहेका अन्य कम्पनीहरु माइक्रोसफ्ट र अल्फावेटको संयुक्त नगद भन्दा पनि निकै बढि हो । एप्पल कम्पनीको आम्दानीको प्रमुख स्रोत भनेको यसले बिक्री गर्ने एप्पल ब्राण्डका आईफोन, आइप्याड, आइपड, ल्यापटप, डेस्कटपलगायतका प्रविधिमा आधारित ग्याजेट्स हुन् । अझ त्यसमध्ये पनि एप्पलले आईफोनको बिक्रीबाट वार्षिक अर्बौ रुपैंया आम्दानी गर्दछ । आईफोन विश्वभरी नै सबैभन्दा रुचाईएको ब्राण्ड हुन पुगेको छ ।

This photo taken July 3, 2014 shows the Microsoft Corp. logo outside the Microsoft Visitor Center in Redmond, Wash. (AP Photo Ted S. Warren) ORG XMIT: WATW202
This photo taken July 3, 2014 shows the Microsoft Corp. logo outside the Microsoft Visitor Center in Redmond, Wash. (AP Photo Ted S. Warren)

त्यस्तै एप्पलपछि सबैभन्दा बढि रकम माइक्रोसफ्ट (Microsoft) सँग रहेको छ । विश्वका सबैभन्दा धनी मानिसको रुपमा परिचित विल गेट्सको कम्पनी माइक्रोसफ्टले विश्वभर आफ्ना सफ्टवेयरहरु प्रमुखरुपमा बिक्री गर्दै आएको छ । यसका साथै यो कम्पनीले सुचना प्रविधिसँग सम्बन्धित अन्य सेवाहरु तथा अहिले स्मार्टफोन पनि बिक्री गर्दै आएको छ । माइक्रोसफ्टको पछिल्लो सफ्टवेयर विण्डोज १० अपरेटिंग सिस्टम विश्वभर निकै लोकप्रिय रहेको छ । जो कम्पनीसँग १ सय ७ दशमलब ९ विलियन अमेरिकी डलर नगद रहेको छ ।Alphabet_Inc_Logo_2015

सबैभन्दा धेरै नगद हुने कम्पनीको तेस्रो स्थानमा गूगलको माउ कम्पनी अल्फाबेट (Alphabet) रहेको छ । हालै गूगलले आफ्नो माउ कम्पनीको रुपमा अल्फाबेट इंकको घोषणा गरेको थियो । यो कम्पनीले गूगललगायत अन्य विभिन्न टेक कम्पनीहरुलाई ओगटेको छ । तर पनि अल्फाबेटको मुख्य आम्दानीको स्रोत भनेको गूगलको आम्दानी नै हो । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गूगल र त्यो कम्पनीले  उत्पादन गर्ने विभिन्न ग्याजेट्स, सेवाहरु नै यसको प्रमुख आम्दानी हो । अहिले विश्वभर गूगलको एन्ड्रोयडमा आधारित स्मार्टफोनहरु प्रयोग भईरहेका छन् ।cisco_oracle

अल्फाबेटपछि यो श्रेणीको चौथो स्थानमा सिस्को (Cisco) कम्पनी रहेको छ । नेटवर्किंग तथा सफ्टवेयर उत्पादक कम्पनीको रुपमा ख्यातीप्राप्त सिस्कोसँग ६१ दशमलब ५ विलियन अमेरिकी डलर नगद रहेको छ । त्यस्तै अर्को सफ्वेयर निर्माता कम्पनी ओर्याकल (Oracle) सँग पनि ५४ विलियन अमेरिकी डलर नगद रहेको छ । यो कम्पनी सबैभन्दा धेरै नगद हुने कम्पनीको पाँचौ स्थानमा रहेको छ ।Yahoo

सबैभन्दा धेरै नगद हुने कम्पनीको छैटौं स्थानमा अर्को सर्च इन्जिन कम्पनी याहू (Yahoo) रहेको छ । याहूको प्रमुख आम्दानीको स्रोत भनेको सर्च इन्जिन तथा यसले संचालन गर्ने इमेल सेवा नै हो ।  याहूसँग मात्रै नगद, छोटो समय तथा लामो समयको लगानी गरेर ३३ दशमलब ९ विलियन अमेरिकी डलर रहेको छ ।Qualcomm

यो सूचीको सातौं स्थानमा अर्को टेक कम्पनी क्वालकम (Qualcomm) रहेको छ । क्वालकम विशेषगरी चिपसेट निर्माण, हार्डवेयर जस्तै सेमि कन्डक्रट निर्माणकर्ताको रुपमा चिनिन्छ । यो कम्पनीसँग नगद छोटो तथा लामो अवधिको लगानीसहित कूल ३१ दशमलब ५ विलियन अमेरिकी डलर मौज्दात रहेको छ । त्यसैगरी सबैभन्दा बढि नगद हुने सिलिकन भ्यालीका कम्पनीहरुमध्ये आठौं स्थानमा ईएमसी (EMC) नामक कम्पनी रहेको छ । यो कम्पनीसँग १५ विलियन अमेरिकी डलर नगल, छोटो तथा लामो अवधिको लगानीसहितको मौज्दात रहेको छ । ईएमसीको मूख्य आम्दानीको स्रोत भनेको कम्प्यूटर स्टोरेज डिभाइस बिक्री हो ।Ebay

यो सूचीको नवौं स्थानमा ईकमर्श साइट ईवे (ebay) रहेको छ । यो कम्पनीले अनलाईन स्टोर संचालन गर्दछ भने यो विश्वको प्रमुख ईकमर्श साइटको रुपमा परिचित रहेको छ । त्यस्तै यसले क्याटालगमा आधारित रिटेल स्टोर संचालन गर्दछ । यो कम्पनीसँग नगद छोटो तथा लामो अवधिको रकम गरि कूल १३ दशमलब ७ विलियन अमेरिकी डलर मौज्दात रहेको छ ।facebook

सिलिकन भ्यालीका सबैभन्दा धेरै नगद भएको कम्पनीहरुको सूचीमा फेसबुक(Facebook) भने दशौं नम्बरमा रहेको छ । सोसियल साइटको प्रमुख स्थानमा रहेको फेसबुकसँग कुल ११ दशमलब २ विलियन नगद मौज्दात रहेको छ । यो कम्पनीको प्रमुख आम्दानीको स्रोत फेसबुकमा रहेको अबौं व्यक्तिहरुको बारेमा जानकारी हुनु र त्यसको आधारमा हुने विज्ञापन नै हो ।

फोब्र्सका अनुसार यी कम्पनीहरु शेयर बजारमा अन्य कम्पनीहरुभन्दा अधिक सुरक्षित रहेको छन् । यी कम्पनीहरुको नगद मौज्दातले गर्दा शेयर बजार गिर्दो अवस्थामा भएपनि यी कम्पनीहरु भने आफ्नो नगद मौज्दातले गर्दा अन्य प्रतिस्पर्धिहरु भन्दा निकै सुरक्षित हुन्छन् ।

यो सूचीको प्रमुख स्थानमा रहेको एप्पलसँग २ सय ५ दशमलब ७ विलियन नगद भएपनि रोचक विषय भनेको यसको कूल सम्पत्तिको केबल १४.३ प्रतिशत मात्र नगद, छोटो तथा लामो अवधिको लगानी रहेको छ । यो अनुपात यसका सहकर्मी कम्पनीहरुको भन्दा निकै कम हो भने यसको अधिक नगद दिर्घकालिन लगानीको रुपमा रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ११ कार्तिक २०७२, बुधबार

ताजा समाचार