ललितपुरमा पहिलोपटक मोबाइल एक्स्पो हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

Technology Khabar २१ भाद्र २०७२, सोमबार

ललितपुरमा पहिलोपटक मोबाइल एक्स्पो हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

काठमाडौं ।

काठमाडौं, २१ भदौ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालनमा ल्याउने भएको छ । मोबाइल ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्न पहिलो पटक मोबाइलहरुको मल्टिब्राण्ड शोरुम ललितपुर मलमा संचालन गर्न लागिएको कम्प्लेक्सले जानकारी दिएको छ ।

उक्त मलको उद्घाटन तथा मल्टिब्राण्ड मोबाइल शोरुमको शुभारम्भको बारेमा जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन हुन लागेको बताए उनले कम्प्लेक्सबाट सील प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने बताए । अध्यक्ष बस्नेतले अन्य स्थानहरुमा बेचिने मोबाइलका विभिन्न एसेसरिजहरु झिकेर सस्ता एसेसरिज राख्ने गरिएको भन्दै यो कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय उत्पादन मात्र बिक्री गरिने दाबी गरे ।

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आउने भएका छन् । त्यस्तै मलको दोस्रो तल्लामा नेपालमै पहिलो पटक सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना हुनेछ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताईएको छ ।MobilesKhabar_01

नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम तथा ललितपुर मल संचालनमा आउन लागेको अवसरमा यहि भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७२ आयोजना गरिने भएको छ । मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्ने एक्स्पो आयोजकले जानकारी दिए । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुने तथा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्र मार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिने बताईएको छ ।MobilesKhabar_03

नेपालको सबैभन्दा ठूलो मोबाइल शोरुममा दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने तथा नेपालभरी कतैपनि बन्न नसकेको मोबाइल पनि यहाँको सर्भिस सेन्टरमा छिटो मर्मत गर्नसक्ने क्षमता रहेको दाबी गरीएकाे छ । त्यसैगरी मोबाइल कम्प्लेक्समा सामसुंग, हुवावे, कलर्स, पानासोनिक, माइक्रोम्याक्सलगायतका ब्राण्डका आधिकारीक सर्भिस सेन्टर पनि राखिनेछ । विश्व बजारमा आएका नयाँ मोबाइल फोनहरु लन्चिंग गराई बिक्रीको लागि उपलब्ध गराईने व्यवस्था मिलाईएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिने आयोजकले जानकारी दिए ।

मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने तथा मोबाइल एक्स्पोमा प्रवेशका लागि टिकट दर रु १०० तोकिएको छ भने विद्यार्थीका लागि रु ५० तोकिएको कम्प्लेक्सले जनाएको छ ।

easy care

प्रकाशित: २१ भाद्र २०७२, सोमबार

ताजा समाचार