यस्तो छ २४ क्यारेट सुनद्धारा बनाईएको ग्यालेक्सी नोट५ तथा एस६ एजप्लस

Technology Khabar १० भाद्र २०७२, बिहीबार

यस्तो छ २४ क्यारेट सुनद्धारा बनाईएको ग्यालेक्सी नोट५ तथा एस६ एजप्लस

काठमाडौं ।

काठमाडौ, १० भदौ । अहिले बजारमा भएका स्मार्टफोनहरु मध्ये भर्खरै सार्वजनिक भएका सामसुंगका ग्यालेक्सी नोट फाईभ (Galaxy Note 5) तथा ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6+) सबैभन्दा रुचीपूर्ण स्मार्टफोनहरु हुन भन्दा फरक पर्दैन् । तर यी फोनहरुको बारेमा यती जानकारीले मात्र अब पुग्दैन् ।Gold-Galaxy-S6-Note-5

भियतनाममा रहेको गोल्ड प्लेटिंग कम्पनी कारालक्सले २४ क्यारेट सुनद्धारा बनाईएको सामसुंगका नयाँ फ्ल्यागशिप फोनहरुका मोडलहरु सार्वजनिक गरेको छ ।

यस्तो सुनद्धारा तयार पारिएका फोनहरु बनाउन निकै अनुभव र धैर्यता चाहिने कारालक्स कम्पनीले दाबी गरेको छ । यो प्रकृयामा ग्यालेक्सी नोट ५ तयार पार्न अर्को फोन ग्यालेक्सी एस ६ एजप्लस भन्दा निकै सहज भएको कम्पनीले बताएको छ ।Gold-Note-5-S6-Edge-Plus

कम्पनीकाअनुसार यो स्मार्टफोन बनाउन इन्जिनियरहरुले विभिन्न किसिमका १० चरणहरु पार गरेका थिए । पहिलो चरणमा इन्जिनियरले दुबै स्मार्टफोनहरु फुकालेका थिए, जुन स्मार्टफोनहरु ७००० सिरिज अल्मुनियमबाट बनेका हुन् । ७००० सिरिज अल्मुनियम स्टेलनेट स्टीलभन्दा ६० प्रतिशत बलियो हुने तथा एक तिहाई घनत्वको हुने विश्वास गरिन्छ । यो दैनिक प्रयोगका सामाग्रीहरुमा टिकाउनपनाका लागि प्रयोग गर्ने गरिन्छ ।Gold Plated 2

यो प्रकृयामा फोनका हरेक पिसहरुलाई उच्चस्तरको केमिकलद्धारा सफा गरिन्छ । यसको आधारभूत भागलाई सुनलगाउन निकै सफा र चिल्लो सतह पारिन्छ ।

यसमा अर्को तह भनेको सुन जडान गर्नु हो । यसमध्येको सबै मेटल पार्टस् एकै ठाउँमा जोडिन्छ र तरल सुनको घोलमा डुबाइन्छ, जुन कम समयको लागि छोडिन्छ । यो प्रकृयामा तरल सुनको तत्वहरु आकर्षित हुन्छन र सुनमा परिणत हुन्छ । त्यसपछि यसलाई झिकिन्छ र सुरक्षित तह यसमाथि राखिन्छ । यो प्रकृया लग्जरीयस कार कम्पनी रोल्स रोयसले बनाउने सुन जडित कारको प्रकृया जस्तै रहेको छ ।Gold Plated 1

सुनको स्मार्टफोन बनाउने काम त्यति सहज र सस्तो भने छैन् । सुन जडान गर्ने यो प्रकृयाका लागि ३५५ अमेरिकी डलर लाग्ने कम्पनीको भनाई छ । तपाईँले कम्पनीलाई आफ्नो डिभाइसमा भने सुन जडान गराउन सक्नुहुनेछैन् । त्यसैले कम्पनीले सुन जडित गरेको ग्यालेक्सी नोट फाईभ र ग्यालेक्सी एस सिक्स एज प्लस मात्र खरिद गर्न पाउनेछ । कम्पनीले यी दुबै डिभाइसको मूल्य भने १,११० डलर तोकेको छ ।Gold Plated 6

easy care

प्रकाशित: १० भाद्र २०७२, बिहीबार

ताजा समाचार