बजाजद्वारा नयाँ वर्षका लागि “नोटको बोट” योजना

Technology Khabar ५ चैत्र २०७१, बिहीबार

बजाजद्वारा नयाँ वर्षका लागि “नोटको बोट” योजना

काठमाडौं ।

काठमाडौँ, ५ चैत । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्दले नयाँ वर्षका लागि “नोटको बोट” योजना प्रस्तुत गरेको छ । यो योजना चैत ४ गतेदेखि सुरु भएको छ ।

योजनाको अवधि भरि बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् (जसलाई रुखको पातका रुपमा देखाइएको छ) । पहिलो १० पटक स्क्र्याच गरेको अङ्कहरु जोडिने छन् र ११औ पटक स्क्र्याच गर्दा आएको अङ्कले गुणा गरिनेछ र जति अङ्क आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइनेछ । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

स्क्र्याच कुपनबाट ग्राहकहरुले रु १,००,००० सम्म नगद पुरस्कार तुरुन्त जित्न सक्ने कम्पनीको दाबी छ । यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ ।

योजनाका बारेमा बोल्दै हंसराज हुलासचन्द प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । यसका साथै हामी हाम्रा ग्राहकहरुको सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि नयाँ वर्षभन्दा राम्रो उत्सव के हुन सक्छ र ।”

easy care

प्रकाशित: ५ चैत्र २०७१, बिहीबार