क्यान महासंघको निर्वाचनमा नारायण न्यौपाने समूहको उम्मेदवारी

Technology Khabar १० फाल्गुन २०७१, आईतवार

क्यान महासंघको निर्वाचनमा नारायण न्यौपाने समूहको उम्मेदवारी

काठमाडौं ।

काठमाडौं, १० फागुन । कम्प्यूटर एसोसियसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आसन्न छैठौं चुनावमा नारायण न्यौपाने समुहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । क्यान महासंघको द्धितिय उपाध्यक्षको पदमा वर्तमान कार्यसमितीमा कार्यरत रहेका न्यौपानेको समूहले शनिवार एक कार्यक्रम आयोजना गरि उम्मेदवारी घोषणा गरेको हो ।

न्यौपानेको समूहमा व्यक्तिगततर्फका उम्मेदवारहरुमा चन्द्र विलास भूर्तेल, ज्ञानु राज महर्जन, खगेन्द्र श्रेष्ठ, सुन्दर न्यौपाने र कृष्ण प्रसाद आचार्य रहेका छन् । व्यक्तिगत आजीवनतर्फका उम्मेदवारहरुमा त्रिशक्ति सुन्दर जोशी तथा अमित अग्रवाल रहेका छन् । त्यसैगरी संस्थागत आजीवन तर्फका उम्मेदवारहरुमा बिक्रम सिंह रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

न्यौपाने समूहमा संस्थागततर्फबाट आफ्नो उम्मेदवारी घोषणा गर्नेमा दिपक भण्डारी, नरेश श्रेष्ठ, शर्मिला भूजेल, शुशिल के.सि. र कपिलबाबु पन्त रहेका छन् । त्यसैगरी विषयगत तर्फका उम्मेदवारहरुमा शैलेन्द्र कुमार झा, मुकुन्द ढुंगाना रहेका छन् भने क्षेत्रीय उम्मेदवारहरुमा राम राई, श्यामकल श्रेष्ठ, प्रविनकुमार शाह, नवराज कुँवर तथा जगन गुरुङ रहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा मध्य पश्चिमाञ्चलबाट र रेशम गिरीले आफ्नो उम्मेदवारी दिएका छन भने सुदुर पश्चिमाञ्चलबाट टेकराज पनेरु र सुनिलदत्त ओझाले न्यौपाने समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।

विगत एक दशकदेखि सुचना प्रविधिको क्षेत्रमा सकृयरुपमा आबद्ध रहेका न्यौपानेको समूहलाई क्यानका संस्थापक सि.एन. उपाध्याय तथा क्यानका पूर्व अध्यक्ष विप्लवमान सिँहलगायत पुर्व अध्यक्षहरुको पनि समर्थन रहेको दाबी गरिएको छ ।

न्यौपाने समूहले क्यानमा देखिएको अनियमितता र मिचाहा प्रवृत्तिको अन्त्य गर्न, क्यानको पूरानो गौरव पूनस्र्थापना गर्न, आर्थिक रुपमा क्यानलाई सवल पार्न, सबै क्यानका लािग, सबैको लागि क्यान (टूगेदर वी क्यान) बनाउन तथा पुरानालाई सम्मान र नयाँलाई अवसर प्रदान गर्दै प्रगतिशील वर्तमान बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ ।

easy care

प्रकाशित: १० फाल्गुन २०७१, आईतवार

ताजा समाचार