पारस खड्काले डिसहोमको स्टार स्पोर्टस् एचडी १ र एचडी २ प्रबद्र्धन गर्ने

Technology Khabar ८ फाल्गुन २०७१, शुक्रबार

पारस खड्काले डिसहोमको स्टार स्पोर्टस् एचडी १ र एचडी २ प्रबद्र्धन गर्ने

काठमाडौं ।

काठमाडौँ, ८ फागुन । डिस होमले आईसीसी वल्र्डकप २०१५ र आईपीएल २०१५ का लागि मध्य नजर गरि बजार प्रबर्धनका लागि नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासँग सहकार्य गरेको छ । डिसहोमले टि.भी. हेर्ने प्रविधि नयाँ आयाम थप्दै नयाँ एचडी च्यानलहरु भित्राएको छ ।

डिसहोमले आईसीसी वल्र्डकप २०१५कोे अवसरमा स्टार स्पोर्टस् एचडी वान र एचडी टू प्रसारण सुरु गरिसकेको छ । डिसहोम नेपालमा एचडी च्यानल प्रसारण गर्ने एक मात्र कम्पनी भएको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी च्यानलहरु नेपालका लागि अत्यन्तै नयाँ प्रविधि भएका कारण अरु कुनै पनि सेवा प्रदायकले प्रसारण गर्न नसकेको कम्पनीले जनाएको छ । डिसहोमले आफ्नो सेवामा स्टार स्पोर्टस् एचडी वान र एचडी टूसहित सोनी सिक्स एचडी, डिस्कभरी एचडी, कलर्स एचडी, टेन एचडी र एचबीओ जस्ता हाइ डेफिनेसन च्यानल प्रसारण गर्दै आएको डिसहोमले फिफा वल्र्ड कप २०१४ मा पनि सोनी सिक्स एचडी च्यानल मार्फत हाई डेफिनिशनमा प्रसारण गरेको थियो ।

डिसहोमले थप गरिएका च्यानलहरुका लागि थप शुल्क नलाग्ने जनाएको छ । डिसहोमले निकट भविष्यमा १५ वटा भन्दा बढी एचडी च्यानलहरु प्रसारण गर्ने जनाएको छ ।

यसै गरि डिसहोम आफ्नो फेसबुकपेज मार्फत आफ्ना फ्यानहरुका लागि आईसीसी वल्र्डकप क्रिकेट २०१५ प्रतियोगीता पनि संचालन गरेको छ । प्रतियोगीतामा पारस खड्काको करियर र विश्वकप क्रिकेट सम्बन्धि प्रश्नहरु समावेश गरिएका छन् । यस प्रतियोगीताका विजेताहरुले पारस खड्काद्वारा हस्ताक्षर गरिएका क्रिकेट सामाग्रीहरु जित्नुका साथै पारस खड्कासँग लन्च र डिनरजाने मौका पाउनेछन् ।

easy care

प्रकाशित: ८ फाल्गुन २०७१, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार