सेञ्चुरी बैंकले हकप्रद शेयर निष्कासन गर्ने

Technology Khabar २० माघ २०७१, मंगलवार

सेञ्चुरी बैंकले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं ।

काठमाडौं, २० माघ । सेञ्चुरी बैंकले हकप्रद शेयर, बोनस शेयर तथा नगद लाभांश दिने प्रस्ताव गरेको छ । ४ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने, बोनस तथा नगद लाभांश प्रस्ताव बैंकको चौथो बार्षिक साधारण सभाद्धारा पारित गरिने बैंकले जनाएको छ ।

बैंकले प्रस्तावित गरेको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएको जानकारी दिएको छ । साथै सञ्चालक समितिले बोनस शेयर जारी पश्चात कायम भएको पूँजीको २५% अर्थात् प्रत्येक ४ कित्ता शेयर बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभामा लाने निर्णय गरेको छ ।

आ.व. २०७१÷७२ को पुस मसान्त सम्म बैंकले कुल निक्षेप २३.३८ अर्व रुपैंया र कर्जा रकम १९.७६ अर्व रुपैंया परिचालन गरी १५.६९ करोड रुपैंया सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २५ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

easy care

प्रकाशित: २० माघ २०७१, मंगलवार