एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक स्थापना गर्न अर्थमन्त्री चीन प्रस्थान

Technology Khabar ५ कार्तिक २०७१, बुधबार

एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक स्थापना गर्न अर्थमन्त्री चीन प्रस्थान

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । एशियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) स्थापनाका लागि आगामी शुक्रबार यस क्षेत्रका २२ मुलुकहरुले समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन् । चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।
एसियाली मुलुकहरुमा विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकमा नेपालले पनि संस्थापक बन्ने निर्णय गरिसकेको छ ।

नेपालका तर्फबाट उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री डा रामशरण महत बुधबार बेइजिङतर्फ प्रस्थान गरे । अर्थसचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका उच्च पदाधिकारीहरुले अर्थमन्त्री डा महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । अर्थमन्त्रीकासाथमा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी पनि भ्रमणमा संलग्न रहेको मन्त्रालयले जनाएको छ ।

उक्त बैंक स्थापनाका लागि थुप्रैपटक तयारी बैठकहरु सम्पन्न भैसकेका छन् र सन् २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना रहेको छ । चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भैसकेको छ । अर्थमन्त्री डा महत शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७१, बुधबार