स्मार्टफोन कम्पनी जिओमीले भारतमा जय मणीलाई प्रमुखमा नियुक्त गर्यो ।

Technology Khabar २७ आश्विन २०७१, सोमबार

स्मार्टफोन कम्पनी जिओमीले भारतमा जय मणीलाई प्रमुखमा नियुक्त गर्यो ।

काठमाडौं ।

काठमाडौं, २७ असोज । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीले भारतमा रहेको यूनिटको लागी नयाँ उत्पादन व्यवस्थापक नियुक्त गरेको छ । जिओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन बजारलाई द्रूतता दिनको लागि नयाँ नियुक्त गरेको हो ।

जिओमीले गुगलका पूर्व अधिकृत जय मणीलाई उत्पादनको इन्चार्जमा नियुक्त गरेको जनाएको छ । जिओमीका अन्तर्राष्ट्रिय अपरेशनका उपाध्यक्ष हुगो बर्राले आफ्नो फेसबुक र गुगल प्लसमा गरेको पोष्टमा उक्त कुरा जानकारी दिएका हुन् ।

उनले आफ्नो फेसबुकमा अंग्रेजीमा “Android fans: you’ll remember Jai from his memorable on-stage demo performances at Google I/O and Nexus launches,”  लेखेका छन् । बर्रा स्वयंपनि गुगलका पूर्व कर्मचारी हुन् । मणीलाई सान फ्रान्सिस्कोबाट बेंगलोर स्थानान्तर गरिएको उनले जानकारी दिए ।

मणीको लिंकडइन प्रोफाइल अनुसार उनि स्टार्टअपको स्थापना गर्नुभन्दा पहिलो गुगल प्ले रणनीति तथा विश्लेषणमा आबद्ध थिए ।

जिओमीले भारतमा इकमर्श वेवसाइट फ्लिपकार्ट डटकम मार्फत आफ्ना मोबाइल सेटहरु बिक्री गर्दै आएको छ । कम्पनीले करिब ८० विभिन्न फोन कम्पनीहरुले बजार हिस्सेदारी गरिरहेको भारतीय बजारमा जरा गाड्ने अवसर खोजीरहेको छ ।

यस अघि बर्राले भारतमा निकै ठूलो लगानी गर्ने जानकारी दिएका थिए । भारतीय बजारमा जिओमीका स्मार्टफोनहरुको निकै ठूलो माग रहेको छ । राेयटर्सबाट

easy care

प्रकाशित: २७ आश्विन २०७१, सोमबार