सान्ताज बुटिकको ४० प्रतिशत सम्म डिस्काउण्ट अफर

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

सान्ताज बुटिकको ४० प्रतिशत सम्म डिस्काउण्ट अफर
Classic Tech

काठमाडौं, १० असोज ।बुटिकहरुकोराजधानी मानिने ललितपुरस्थित सान्ताज बुटिकले दशैंतिहार अफर अन्तर्गत ४०प्रतिशत सम्म छुटको घोषणा गरेको छ  । भारतको नयाँदिल्ली र मुम्बइमा पाइनेबिशेष कलेक्सन, लण्डनमा बनेका इभिनिङ गाउन,पेरिसमा बनेका हवाइट गोल्डगहनाहरुको कारोबार हुने यस सान्ताज बुटिकमा उपलब्ध साडी, गाउन लगायतकाबिभिन्न पहिरनमा ४० प्रतिशत छुटको ब्यबस्था गरेको बुटिक संचालिका मनिका खड्कालेजानकारी दिइन् । यस बुटिकमा उपलब्ध टप्स र कुर्ता सलवारमा २५ प्रतिशत छुटकोघोषणा गरेको छ ।

जाबलाखेल चोकमा रहेको यो बुटिकले उपत्यकाका अन्यस्थानमा तथा उपत्यका बाहिर आफ्ना शाखा बिस्तार गर्ने योजना बनाएको खड्काले जानकारी दिइन । यस बुटिकमा गहना सेट, पार्टी सुज, कुर्ता शलवार पीस, टप, कटनका टप्सहरु कारोबार भइरहेको खड्काले जानकारी दिइन । आफनो बुटिकमा धेरैकिसिमका सामान पाइने र ग्राहकहरुले सामान खरिदपछि सन्तुष्टि प्राप्तगर्नेमा आफु बिश्वस्त रहेको खड्काले दाबी गरिन ।

TK Viber

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार

Loading...