संस्थागत सुशासनको जिम्मा सबैको होः गर्भनर खतिवडा

Technology Khabar १ आश्विन २०७१, बुधबार

संस्थागत सुशासनको जिम्मा सबैको होः गर्भनर खतिवडा

काठमाडौं ।

काठमाडौं, १ असोज । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले यो वर्ष पनि संस्थागत सुशासन सम्बन्धी सम्मेलनको आयोजना गरेको छ । सम्मेलनको समुद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले संस्थागत सुशासनको जिम्मा नियमक निकायको मात्र नभई सम्बन्धित सबै स्टेकहोल्डरले मनन् गर्नु पर्ने बताए ।

ईन्ष्टिच्युटका अध्यक्ष सशिन जोशीले संसारमा संशागत सुशासनको कमी कमजोरीको कारणले धेरै ठुला ठुला संस्थाहरु धरासायी भएका उदाहरण दिँदै हामीले संशागत सुशासन सबल बनाई सफल बन्नु पर्छ भन्ने धारणा राखे । आईएफसीसंगको सहकार्य र एशियाली विकास बैंकको सहयोगमा सम्पन्न यस सम्मेलनलाई कर्नाटक बैंक, भारतका सञ्चालक राममोहन बेले, सिटि बैंक बङ्गलादेशका पूर्व प्रमुख कार्यकारी अधिकृत मोहमद सत्तारलगायतका विज्ञहरुले सम्बोधन गरेका थिए ।

साथै आईएफसीका विज्ञहरु लगायत सायमका डिन डा. बिजय के.सी., ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र वाटर एड नेपालका पूर्व देशिय प्रतिनिधी आशुतोष तिवारी लगायतका विज्ञहरुबाट यससंग सम्बन्धित विषयहरुमा समूहगत छलफलहरुमा भाग लिँदै सहभागीहरुबाट व्यक्त गरिएका जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिएको एनबीआईले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

विगत ५ वर्षदेखि नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले संस्थागत सुशासनको विषयलाई बहसको मुद्दा बनाई विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आई रहेको छ ।

easy care

प्रकाशित: १ आश्विन २०७१, बुधबार