मलेशियामाअलपत्र परेका नेपालीको उद्धार गर्न नेपाली दुताबास र आईएमई मलेसियाबीच सम्झौता

Technology Khabar ३१ भाद्र २०७१, मंगलवार

मलेशियामाअलपत्र परेका नेपालीको उद्धार गर्न नेपाली दुताबास र आईएमई मलेसियाबीच सम्झौता

काठमाडौं ।

काठमाडौ, ३१ भदौ । नेपाली दुताबास क्वालालम्पुर मलेसिया र आईएमई मलेसिया बीच वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत समस्याग्रस्त नेपाली कामदार घर फिर्तीमा  आर्थिक सहयोग उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।

सम्झौतामा नेपाली दुतावास क्वालालम्पुर मलेसियाको तर्फबाट राजदुत डा. निरन्जन मान सिंह बस्न्यात र आईएमई मलेसियाका तर्फबाट प्रबन्ध निर्देशक हेम राज ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुरुप आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुको नेपाल सम्मको सुरक्षित यात्राको लागि झन्डै नौ लाख रुपयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो । उक्त रकमबाट दुतावासमार्फत् कम्पनीलाई प्राप्त हुने नामांकन सूचिका आधारमा पचास अलपत्र  नेपाली नागरिकलाई हवाई टिकट प्रदान गरिने छ ।

आईएमई वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा क्रियाशील सबै नेपालीको विश्वसनीय विप्रेषण सेवा प्रदायक कम्पनीको रुपमा स्थापित छ ।

easy care

प्रकाशित: ३१ भाद्र २०७१, मंगलवार