कृषि तालिममा इजरायल जाने संख्यामा उच्चवृद्धि

Technology Khabar १५ भाद्र २०७१, आईतवार

कृषि तालिममा इजरायल जाने संख्यामा उच्चवृद्धि

काठमाडौं ।

काठमाडौं, १५ भदौ । कृषिमा प्रसस्त सम्भावना बोकेको नेपालले युवा कृषकहरुबाट उत्पादन र उत्पादकत्वमा ब्यापक बृद्धि गर्न सक्ने कुरा नेपालका लागि इजरायलका नव नियुक्त राजदुत यारोन् मेयरले बताएका छन् । इजरायली राजदुतावास र साना किसान विकास बैंकबाट सञ्चालन गरिएको कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत इजरायलका विभिन्न कृषि तालिम केन्द्रमा १० महिने तालिम लिन जाने युवा विद्यार्थीहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै राजदुत मेयरले (ओहोदाको प्रमाणपत्र ग्रहण हुन बाँकी रहेको) विगतमा गएका नेपाली विद्यार्थीहरुले देखाएको कौशलताले गर्दा यो बर्षको तालिम कोटामा बृद्धि भएको प्रष्ट पारे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले कार्यक्रममा जाने साना किसान परिवारका विद्यार्थीहरुले तालिम पुरा गरी नेपाल फर्किएपछि व्यावसायिक कृषिमा संलग्न भई स्वरोजगार मात्र नभई थप रोजगारी समेत सिर्जना गर्नु पर्ने बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष खेम बहादुर पाठकले युवाहरुले कृषिलाई माया गर्ने र यसमा नै भविष्य देख्ने अवस्था सिर्जना नभए सम्म कहाली लाग्दो बेरोजगारी समस्या र गरिबीबाट मुलुकले मुक्ती नपाउने भएकोले बैंकले सानै स्केलमा भए पनि यो अभियान चलाएको बताए । बैंकले गत बर्ष २०५ विद्यार्थीलाई यस तालिममा पठाएकोमा यो बर्ष ५०१५ जनालाई पठाउने कार्यक्रम रहेको छ ।

easy care

प्रकाशित: १५ भाद्र २०७१, आईतवार