Technology Khabar ४ मंसिर २०७८, शनिबार
काठमाडौं ।
चिनियाँ टेक कम्पनी बाइदूले सन् २०३० सम्ममा १०० सहरहरूमा चालकविहीन ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको छ। चिनियाँ सर्च कम्पनीले आफ्नो व्यवसायलाई विज्ञापनभन्दा बाहिर विविधीकरण गर्न खोज्दै नयाँ क्षेत्रमा कदम चाल्न लागेको हो।
हाल, बाइदूले आफ्नो एपोलो गो रोबोट्याक्सी सेवा पाँचवटा चिनियाँ शहरहरूमा सञ्चालन गरिरहेको छ। प्रयोगकर्ताहरूले एपमार्फत यो अटोनोमस कारको अनुभव लिन सक्छन्।
कम्पनीले अपोलो गोलाई २०२५ सम्म ६५ सहर र त्यसपछि सन् २०३० सम्म १०० शहरमा विस्तार गर्न चाहेको बाइदूका प्रमुख कार्यकारी अधिकृत रोबिन लीले सार्वजनिक गरेको आन्तरिक पत्रमा भनेका छन् ।
बाइदूको विस्तार योजनाको गतिले अटोनोमस ड्राइभिङमा कम्पनीको लगानीलाई हाइलाइट गर्दछ, एक क्षेत्र जसमा विश्लेषकहरूले भविष्यमा टेक जायन्टका लागि कयौं अर्ब डलरको व्यापारको रूपमा हेर्छन्।
आफ्नो व्यवसायलाई विविधीकरण गर्न, बाइदूले सेमीकण्डक्टरदेखि विद्युतीय सवारी साधन र अटोनोमस ड्राइभिङका क्षेत्रमा लगानी गरेको छ।
बाइदूले आफैं कार निर्माण गरिरहेको छैन तर यो सवारी साधनहरूका लागि ड्राइभरलेस प्रविधिको पछाडि छ। कम्पनीले आफ्नो रोबोट्याक्सी फ्लीट बिस्तार गर्न विभिन्न चिनियाँ अटोमेकरहरूसँग साझेदारी गरेको छ।
प्रकाशित: ४ मंसिर २०७८, शनिबार