मुक्तिनाथ विकास बैंक १५ औं वर्षमा, भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालन

Technology Khabar १९ पुष २०७७, आईतवार

मुक्तिनाथ विकास बैंक १५ औं वर्षमा, भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालन

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । बैंक स्थापनाको दिन पारेर यस विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस अवसरमा बैंकले विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रमलाई सहयोग गरको छ ।

यसैबिच बैंकले भिसा कन्ट्याक्टलेस डेबिट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित प्रविधि हो ।

यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पीओएस टर्मिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् ।

राष्ट्र बैंकको नियम अनुसार नै २ हजारसम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्ड मार्फत पीओएस टरमिनल मार्फत भुक्तानी गर्न सकिनेछ।

easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार

ताजा समाचार