बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर, एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्याकंन

Technology Khabar ३० बैशाख २०७६, सोमबार

बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर, एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँसम्मको मूल्याकंन

काठमाडौं ।

काठमाडौं । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्ज सँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ ।

वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनीमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कभर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन् जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि रु १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० बैशाख २०७६, सोमबार

ताजा समाचार