टेस्लाको चीनमा निर्मित ईभीको बिक्री अप्रिलमा १८ प्रतिशतले घट्यो

Technology Khabar २६ बैशाख २०८१, बुधबार

टेस्लाको चीनमा निर्मित ईभीको बिक्री अप्रिलमा १८ प्रतिशतले घट्यो

काठमाडौं ।

टेस्लाको चीनमा निर्मित इलेक्ट्रिक कारको बिक्री घटेको छ। अप्रिलमा चीनमा निर्मित टेस्ला ६३ हजार १६७ यूनिट बिक्री भएको छ। यो गत वर्षको अप्रिलको तुलनामा १८ प्रतिशत कम भएको चाइना प्यासेन्जर कार एशोसिएशन (सीपीसीए) को मंगलबारको डाटामा देखिएको रोयटर्सले उल्लेख गरेको छ।

यस्तै चीनमा निर्मित मोडल ३ र मोडल वाईको डेलिभरी मार्चको तुलनामा ३०.२ प्रतिशत घटेको छ।

टेस्लाको चीनमा निर्मित कार विभिन्न क्षेत्र सहित युरोपमा निर्यात हुने गर्छ। तर सीपीसीएको डाटामा घरेलु र निर्यात बिक्रीको डाटा छुट्याइएको छैन।

यो तीव्र गिरावट संसारको सबैभन्दा ठूलो अटो बजारमा बढ्दो ईभी बिक्रीको विपरित हो। यद्यपि कमजोर माग र प्राइस वारका बीच पहिलो त्रैमासमा एक वर्षको सबैभन्दा सुस्त गतिमा भएको छ।

सीपीसीएको डाटा अनुसार ब्याट्रीबाट चल्ने ईभी र प्लग इन हाइब्रिट सहित न्यू इनर्जी सवारीको बिक्री अप्रिलमा ८ लाख यूनिटसम्म पुग्ने अनुमान गरिउको थियो। जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत धेरै हो र पछिल्लो महिनाको तुलनामा २ प्रतिशत गिरावट हो।

टेस्लाको चिनियाँ प्रतिद्वन्द्वी बीवाईडीले ईभी र प्लग इन हाइब्रिडको डायनेस्टी र ओशियन लाइनअपका साथ अप्रिलमा ३ लाख १२ हजार ४८ प्यासेन्जर भेहिकल बेचेको छ। यो गत वर्षको तुलनामा ४८.९७ प्रतिशत बढी र मार्चभन्दा ३.५ प्रतिशत वृद्धि हो।

टेस्लाले पछिल्लो चार वर्षमा पहिलो पटक प्रथम त्रैमासमा घट्दो बिक्री देखेको हो। कम्पनीले दोस्रो त्रैमासिकमा आफ्नो विश्वव्यापी श्रमशक्तिको १० प्रतिशत भन्दा बढी कटौती गर्ने र संयुक्त राज्य अमेरिका, चीन र युरोप लगायतका प्रमुख बजारहरूमा सवारी साधनको मूल्य घटाउने घोषणा गरेको थियो।

easy care

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

ताजा समाचार