शाओमीको पहिलो इलेक्ट्रिक भेहिकल एसयू ७ चौबिस घण्टा भित्रै सोल्डआउट

Technology Khabar १९ चैत्र २०८०, सोमबार

शाओमीको पहिलो इलेक्ट्रिक भेहिकल एसयू ७ चौबिस घण्टा भित्रै सोल्डआउट

काठमाडौं ।

शाओमीले लन्च भएको २४ घण्टाभित्र एसयू ७ का लागि ८८,८९८ फर्म अर्डर प्राप्त गरेको घोषणा गरेको छ। साथै शुक्रबारदेखि चीनमा राष्ट्रव्यापी २९ शहरहरूमा ५९ ओटा पसलहरूमा यसको टेस्ट (परीक्षण) ड्राइभ पनि सुरु भएको बताईएको छ।

डिपोजिट राख्ने ग्राहकहरूले आफ्नो कार बुकिङ्ग गर्नका लागि ५,००० युआन (८५० अमेरिकी डलर) तिर्नुपर्ने उल्लेख गरिएको छ।

एसयू ७ होमोलोगेशन फाइलिङहरूले खुलासा गरेअनुसार शाओमीले राज्यको स्वामित्वमा रहेको बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी (बीएआईसी) लाई एक सम्झौता निर्माताको रूपमा प्रयोग गरेको छ।

चीनको उद्योग र सूचना प्रविधि मन्त्रालय (एमआईटीटी) का अनुसार शाओमी एसयू ७ लाई बेइजिङको नयाँ शाओमी प्लान्टमा बीएआईसीको सहायक बीएआईसी अफ–रोड भेहिकल कम्पनीले एसेम्बल गर्ने उल्लेख छ।

यसमा चाखलाग्दो कुरा के छ भने, बीएआईसी मर्सिडीज-बेन्जको सबैभन्दा ठूलो सेयरहोल्डर पनि हो र जर्मन अटोमेकरमा ९.९८ प्रतिशत स्वामित्व रहेको छ।

नयाँ शाओमी प्लान्टले सन २०२२ को अप्रिल महिनादेखि निर्माण सुरु गरेको र गत वर्षको जुन महिनामा निर्माण समाप्त गरेको जनाइएको छ।

त्यसैगरी शाओमीले नोभेम्बरमा एसयू७ को बिक्री इजाजतपत्रको लागि आवेदन दिएको थियो र प्लान्टमा परीक्षण उत्पादन भने डिसेम्बरमा सुरु गरेको जनाइउको छ। साथै एसयू७ को मास प्रोडक्सन त्यस अघि नै सुरु भइसकेतापनि पूर्ण गतिमा नभएको हुनाले ग्राहक डेलिभरीहरू अप्रिल महिनाको अन्त्यबाट सुरु हुने कम्पनीले बताएको छ।

शाओमी बेइजिङ प्लान्टको वार्षिक उत्पादन क्षमता पहिलो चरणमा १ लाख ५० हजार युनिटको रहेको जनाइएको छ भने दोस्रो चरणमा ३ लाख युनिटमा वृद्धि हुने उल्लेख गरिएको छ। यद्यपि अझै पनि उत्पादन कुल क्षमतामा नपुगेको कुरालाई ध्यानमा राख्दा सन् २०२४ मा शाओमीसँग पूर्ण उत्पादनको लागि आठ महिना बाँकी हुने भएकाले कम्पनीले लगभग एक लाख कारहरू उत्पादन गर्न सक्ने र उत्पादन लाइनहरूमा शिफ्टहरूमा कुनै महत्त्वपूर्ण समस्याहरू नभएमा अलि बढी हुन पनिसक्ने अनुमान छ।

म्पनीले पहिलो २४ घण्टामा करिब ९० हजार अर्डरहरू प्राप्त गरेको थियो र त्यसयता कुनै पनि अपडेट जारी गरेको छैन। यद्यपि अब, लन्च भएको ४८ घण्टा पछि अर्डर बुक १ लाख युनिट भन्दा बढी हुने लगभग निश्चित भएको छ।

शाओमी एसयू७ को मूल्य २१५,९०० चिनियाँ युआन (२९,९०० अमेरिकी डलर) मा सुरु हुने उल्लेख छ। साथै लन्च हुनुभन्दा एक रात अघि एसयू७ को मूल्य निर्धारण गरिएको र टेस्ला मोडल ३ को मूल्यमा ३०,००० युआन (४,१०० अमेरिकी डलर) ले कम गर्ने लक्ष्य राखेको शाओमी सीईओ लेई जुनले बताएका थिए। टेस्ला मोडल ३ को ६०६ किलोमिटर सीएलटीसी दायरा र ६० किलोवाटआवर सीएटीएल ब्याट्री भएको बेस मोडलको लागि चीनमा २४५,९० युआन (३४,६०० अमेरिकी डलर) मूल्य रहेको छ।

शाओमी एसयू७ को एडब्ल्यूडी डुअल मोटर्स र ४९५ किलोवाट (६६३ एचपी) को संयुक्त आउटपुटको साथ टप (शीर्ष) ट्रिम लेभल (स्तर) भएको उल्लेख गरिएको छ। साथै यसमा भएको सीएटीएलको १०१ किलोवाटआवर क्युलिन ब्याट्रीमा ८०० किलोमिटर सीएलटीसी रेञ्ज रहेको जनाइएको छ।

easy care

प्रकाशित: १९ चैत्र २०८०, सोमबार