टेस्ला आफ्नो ईभी र ओप्टिमस रोबोटमा प्राइभेट फाइभजी नेटवर्क प्रदान गर्ने योजनामा

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

टेस्ला आफ्नो ईभी र ओप्टिमस रोबोटमा प्राइभेट फाइभजी नेटवर्क प्रदान गर्ने योजनामा

काठमाडौं ।

टेस्ला आफ्नो इलेक्ट्रिक सवारी र ओप्टिमस रोबोट कनेक्ट गर्नका लागि ‘प्राइभेट फाइभजी’ पूर्वाधारमा काम गरिरहेको छ।

अटोमेकरले सुरुवातमै आफ्नो सबै सवारीमा इन्टरनेट दिन सुरु गरेको थियो। यसले टेस्लाले ओभर-द-सफ्टवेयर अपडेट, कनेक्टिभिटी फिचर्स र डाटा संकलन गर्न अनुमति दियो।

टेस्लाले थ्रिजी कनेक्टिभिटीका साथ सुरु गरेको र पछि फोरजी एलटीईमा अपडेट गरेको थियो। अहिले अटोमेकरले फाइभजीमा अपग्रेड गर्न खोजिरहेको छ।

टेस्लाका आईटी म्यान्युफ्क्यचरिङका लीड स्टाफ इन्जिनियर प्याट रुएलके लिंक्डइनमा सेयर गरेको रोजगारी पोस्टिङबाट यस विषय थाहा भएको इलेक्ट्रेकले उल्लेख गरेको छ।

विवरणमा स्पष्ट रुपमा टेस्लाले आफ्नै परिसरमा ‘प्राइभेट फाइभजी नेटवर्क पूर्वाधार’ तयार गर्ने उल्लेख गरिएको छ।

यो सम्भव छ कि टेस्लाले यसको उत्पादन, सवारी साधन र अप्टिमस रोबोटसँग कनेक्टेड रहनको लागि आफ्नो म्यान्युफ्क्यचरिङ सुविधामा निजी नेटवर्क स्थापना गर्ने योजना बनाएको छ।

तर यदि उत्पादनहरूसँग फाइभजी नेटवर्कमा कनेक्ट गर्ने क्षमता छ भने, यो मान्न सुरक्षित हुनेछ कि सार्वजनिक नेटवर्कसँग पनि कनेक्ट हुन सक्षम हुनेछन्।

फाइभजी नेटवर्क फोरजी नेटवर्कको तुलनामा ५ मिलीसेकेन्ड भन्दा कम लोअर ल्याटेन्सी प्रदान गर्छ। जुन ६० मिलीसेकेन्ड देखि ९८ मिलीसेकेन्डसम्म हुन्छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार