चिनियाँ कम्पनी एक्सपेङको फ्लाइङ कार छिट्टै आकाशमा देख्न पाइने, डिजाइन स्वीकृत

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

चिनियाँ कम्पनी एक्सपेङको फ्लाइङ कार छिट्टै आकाशमा देख्न पाइने, डिजाइन स्वीकृत

काठमाडौं ।

विश्वका धेरै जस्तो अटो कम्पनीले दशकौंदेखि फ्लाइङ कार बनाउने प्रयासमा रहेका छन्। तर हालसम्म कुनै पनि कार कम्पनीले उचित उडान गर्ने कार पेस गर्न सकिरहेका छैनन्।

तर अब यो पर्खाइ छिट्टै समाप्त हुँदैछ। चीनको कार निर्माण कम्पनी एक्सपेङ एरोएचटीको फ्लाइङ कारले डिजाइन क्लीयरेन्स सर्टिफिकेट प्राप्त गरेको छ। योसँग एक्सपेङको फ्लाइङ कार छिट्टै आकाशमा देखिने विश्वास गरिएको छ।

ईभीटीओएल (इलेक्ट्रिक भर्टिकल टेक अफ एण्ड ल्यान्डिङ)को सहायक कम्पनी एचटीले फ्लाइङ कार पेस गर्ने दिशामा एक कदम अघि बढेको दाबी गरेको छ।

एक्सपेङले गत वर्ष वार्षिक कार्यक्रमको दौरान दुई नयाँ फ्लाइङ कार डिजाइन प्रदर्शन गरेको थियो। एउटा कम्पनीले विकास गरेको पुरानो एक्स–२ ‘फ्लाइङ कार हो। दोस्रो एक्स–३ जुन एक्स–२ बाट प्रेरित थियो।

एक्स३ एक अपडेटेड एडिशन हो। फ्लाइङ कार एक्स३ आफै टेक अफ गर्न सक्छ, पार्क हुन्छ र ड्राइभ पनि अटोमेटिक छ। यस मोड्यूल ईभी सन् २०२५ मा उत्पादन गर्ने तयारी भइरहेको छ।

एरोएचटीको नयाँ मोड्यूलर ईभीटीओएल सडक र आकाश दुबैमा यात्रा गर्न सक्षम हुनेछ। यस फ्लाइङ कार मार्फत कम्पनी अटोमोटिभ क्षेत्रमा नयाँ अध्याय थप्ने योजनामा छ।

एक्स३–एफ ईभी/ईभीटीओएलले सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ सेन्ट्रल (सीएएसी)बाट डिजाइ सिर्टिफिकेट प्राप्त गरेको हो। डिजाइन सर्टिफिकेट पछि चिनियाँ कम्पनी अब फ्लाइङ सर्टिफिकेटको प्रतिक्षामा छ।

एक्सपेङ एयरोएचीटी मोड्यूलर फ्लाइङ कार मास उत्पादन गर्ने तयारीमा छ। ल्याण्ड मोड्यूलमा ४ देखि ५ यात्री बस्न सक्छन्। यो पारिवारिक आवश्यकताका लागि उपयुक्त मानिन्छ।

यो ६ वाई ६ अल ह्वील ड्राइभ र रियर ह्वील स्टेयरिङका साथ अफ रोडिङका लागि पनि हुने गरी डिजाइन गरिएको छ। यस कारको मूल्य एक मिलियन चिनियाँ युआन वरिपरी हुनेछ।

यस मूल्यमा फ्लाइङ कार सीमित उपयोगताका लागि उपलब्ध हुनेछ। फ्लाइङ कारका लागि हवाई नियम अर्को चुनौती पनि हुन सक्छ। साथै फ्लाइङ टेक्निका लागि विशेष किसिमको परीक्षण पनि आवश्यक हुन्छ।

रिपोर्टका अनुसार सीएएसीबाट डिजाइन सर्टिफिकेसन पछि कम्पनी एयर सर्टिफिकेटमा ध्यान केन्द्रित गरिरहेको छ। एयर सर्टिफिकेसन प्राप्त गरेर पछि फ्लाइङ कारको उत्पादन २०२५ देखि हुने आशा गरिएको छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार

ताजा समाचार