पोखरामा आधारित डेभलपर्सका लागि केन्द्रित रहेर शनिवार डेभलपर्स मिट पोखरा आयोजना हुँदै

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

पोखरामा आधारित डेभलपर्सका लागि केन्द्रित रहेर शनिवार डेभलपर्स मिट पोखरा आयोजना हुँदै

काठमाडौं ।

डेभलपर्स कम्युनिटी पोखराले यहि शनिवार मार्च ३० तारिख पोखरा स्थित आईसीटी एण्ड इलेक्ट्रोनिक्स इनोभेसन ल्याब सेन्टर (एनआईसी) मा पोखरा तथा आसपास आधार बनाएर कार्यरत डेभलपर्सका लागि ‘डेभलपर्स मिट पोखरा’ आयोजना गर्दैछ।

डेभलपर्स पोखराले आयोजना गर्ने उक्त इभेन्टमा जानकारी टेकका फाउन्डिङ्ग पार्टनर तथा सीटीओ आर्टर न्यूम्यानले प्रमुख वक्ताको रुपमा प्रवचन दिनेछन्।

उक्त कार्यक्रममा पोखरा र सो क्षेत्र वरिपरि सक्रिय रहेका प्रविधि र नवप्रवर्तनप्रति उत्साही व्यवसायीक व्यक्तिहरुको सहभागीता हुने बताईएको छ। उक्त कार्यक्रममा सफ्टवेयर विकास, वेब विकास, मोबाइल एप विकास, डाटा साइन्ससहित सीप र विशेषज्ञता हासिल गरेका डेभपरहरुले आफ्ना अनुभव आदान प्रदान गर्नेछन्।

“इन्ह्यान्सिम क्रस-कल्चर कोल्याबोरेसनः इन्साइट्स फ्रम नेपाली फ्रिलान्सर एण्ड देयर वेस्टर्न काउन्टर पार्ट्स अर्थात “क्रस-सांस्कृतिक सहयोग वृद्धि गर्दै: नेपाली फ्रीलान्सरहरू र तिनीहरूका पश्चिमी समकक्षहरूबाट अन्तरदृष्टि” विषयक न्यूम्यानको सत्रमा उनले अन्तर्राष्ट्रिय कार्य वातावरणको गतिशीलता, सांस्कृतिक सूक्ष्मताहरू, र विश्वव्यापी सहकार्यमा फस्टाउनका लागि व्यावहारिक सुझावहरूमा केन्द्रित रहेर आफ्ना अनुभव र सुझाब प्रदान गर्नेछन्।

यस सत्रले क्रस-सांस्कृतिक व्यावसायिक सेटिङहरूमा उत्कृष्टता हासिल गर्न खोज्नेहरूका लागि आधारशिला बन्ने वाचा गर्दछ र अन्तर्राष्ट्रिय सहयोगहरू नेभिगेट गर्न मूल्यवान अन्तरदृष्टि प्रदान गर्ने आयोजकले विश्वास लिएको छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार