एप्पल आईफोन १६ सिरिज ठूला ब्याट्रीहरूसहित आउन सक्ने सम्भावना

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

एप्पल आईफोन १६ सिरिज ठूला ब्याट्रीहरूसहित आउन सक्ने सम्भावना

काठमाडौं ।

एप्पलले ब्याट्रीसँग सम्बन्धित नयाँ पेटेन्ट पेश गरेको छ। उक्त नयाँ पेटेन्टले ब्याट्रीको आकार नबढाई ब्याट्रीको क्षमता बढाउन सक्नेछ।

एन्ड्रोइड डिभाइसहरू हालसालै ब्रान्ड–न्यू फास्ट चार्जिङ टेक्नोलोजीहरू र हाई ब्याट्री क्यापासिटीहरूसँग आएका छन् भने ५००० एमएच बिन्दु भन्दा बढी ब्याट्री क्षमताहरू अहिले सामान्य भएको छ। तसर्थ एप्पलले पनि अब आफ्नो फोनमा ठूलो क्षमताको ब्याट्री प्रदान गर्ने प्रयास गरिरहेको जनाइएको छ।

एप्पलको नयाँ पेटेन्टमा उही साइजमा ठूलो क्षमताको ब्याट्री

“ब्याट्री सेल्स विथ ट्याब्स एट राइट एंगल” भनेर नाम दिइएको एप्पलको नयाँ पेटेन्टले ब्याट्रीको साइज नबढाइकन एप्पलको नयाँ ब्याट्रीहरूको क्षमता बढाउन सकिने संकेत गरेको छ। यो प्याटेन्ट सन् २०२१ को सेप्टेम्बर महिनामा पहिलो पटक दायर गरिएको थियो भने सन् २०२४ को मार्च २६ मा प्रकाशित भएको छ।

साथै एप्पलले ब्याट्री लाइफ बढाउन मेम्ब्रेन्स र फोल्डेबल ब्याट्री कम्पोनेन्टहरू जस्ता विधिहरूको अनुसन्धान गरिरहेको थप उल्लेख गरिएको छ।

यसबाहेक, एप्पलको नयाँ पेटेन्टले भविष्यका आईफोनहरूका लागि ब्याट्री कनेक्टर हालका परिचित र परम्परागत ब्याट्री प्रकारभन्दा फरक हुन सक्ने सुझाव दिएको छ। साथै उच्च क्षमताको ब्याट्री प्राप्त गर्ने कार्य ब्याट्रीमा रहेको ट्याब स्थानहरूसँग सम्बन्धित रहेको एप्पलले संकेत गरेको छ।

“जबकि कनेक्टरहरूको एक सेटले पहिलो दिशामा सतहबाट विस्तारित ट्याबहरू समावेश गर्न सक्छ, भने कनेक्टरहरूको अर्को सेटले सतहबाट पहिलो दिशामा परपेन्डिकुलर रूपमा विस्तारित ट्याबहरू समावेश गर्न सक्छ।”

यसले स्पेस अवरोधका समस्याहरूलाई मात्र सम्बोधन नगरेर सेलभरी प्रतिरोधमा सुधारहरू प्रदान गर्न सक्छ र जसले ब्याट्रीको दक्षतामा पनि सुधार गर्न सक्ने जनाईएको छ।

एप्पलले यो प्याटेन्ट भर्खरै जारी गरेको हुनाले आईफोन १६ सिरिजमा नयाँ ब्याट्री टेक समावेश गर्न सजिलो छैन्। यद्यपि, एप्पलको योजना अनुसार प्रयास अगाडि बढेको खण्डमा भने ठूला ब्याट्रीहरू भएका आईफोनहरू आउनका लागि धेरै समय लाग्ने छैन्। साथै म्याक अब्जर्भरको रिपोर्टले पनि आईफोन १६ सिरिजमा नयाँ ब्याट्री समावेश गरिने सम्भावना औंल्याएको छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार

ताजा समाचार