एप्पलद्वारा विन्डोज डिभाइसहरूका लागि नयाँ टिभी, म्युजिक र डिभाइसेस एप्स लन्च

Technology Khabar २८ माघ २०८०, आईतवार

एप्पलद्वारा विन्डोज डिभाइसहरूका लागि नयाँ टिभी, म्युजिक र डिभाइसेस एप्स लन्च

काठमाडौं ।

लामो समयको पर्खाइ पछि, एप्पलले विन्डोज प्रयोगकर्ताहरूका लागि तीन नयाँ एपहरूः एप्पल टिभी, एप्पल म्युजिक, र एप्पल डिभाइसेस लन्च गरेको छ।

कम्पनीले एप्पलको इन्टरटेनमेन्ट (मनोरञ्जन) र डिभाइस म्यानेजमेन्ट फिचर्स (उपकरण व्यवस्थापन सुविधाहरू) पहुँच गर्न थप प्रत्यक्ष र सुव्यवस्थित तरिका प्रदान गर्दै आईट्यून्सको लागि विन्डोज प्रयोगकर्ताहरूको आवश्यकतालाई कम गर्ने लक्ष्य राखेको छ।

यी एपहरू प्रयोगकर्ताका लागि तयार छन् भन्ने सुनिश्चित गर्नका लागि – विभिन्न प्लेटफर्महरूमा युजर एक्सपिरियन्स (प्रयोगकर्ता अनुभव) सुधार गर्ने संयुक्त प्रयासको रुपमा एप्पलले माइक्रोसफ्टसँग मिलेर नजिकबाट काम गरेको उल्लेख गरिएको छ।

टिभी कार्यक्रमहरू र चलचित्रहरू हेर्न वा संगीत सुन्न मन पराउनेहरूका लागि एप्पल टिभी र एप्पल म्युजिक एपहरूले कन्टेन्टको संसार प्रस्तुत गरेको हो। विन्डोज प्रयोगकर्ताहरूले अब सजिलैसँग आफ्नो मनपर्ने कार्यक्रमहरू हेर्न वा आफ्नो आईट्युन्स लाइब्रेरी वा एप्पलको सब्सक्रिप्सन सर्भिसेस (सदस्यता सेवाहरू) मार्फत संगीत सुन्न सक्ने छन्।

एप्पल डिभाइसेस एपले विन्डोज पीसी बाट आईफोन र आईप्याडहरू म्यानेज (व्यवस्थित) गर्न थप सजिलो बनाएको छ भने ब्याकअप, रिस्टोर (पुनर्स्थापना) का साथै सिंक कन्टेन्ट जस्ता विकल्पहरू पनि प्रदान गर्नेछ।

यी नयाँ एपहरूका साथै, एप्पलले विन्डोज एपका लागि आईक्लाउड पनि अपडेट गरेको र अब यसले विन्डोज सिस्टम्ससँग राम्रोसँग काम गर्ने उल्लेख गरिएको छ। माइक्रोसफ्टले विन्डोज ११ को फोटो एपमा आईक्लाउड फोटोहरू एकीकृत गर्दै यो सहकार्यलाई पनि अँगालेको छ।

यी एपहरू हाल विन्डोज १० वा विन्डोज ११ चल्ने पीसीहरूको लागि उपलब्ध भएको र एआरएम ६४–आधारित डिभाइसका लागि भने उपलब्ध नभएको उल्लेख गरिएको छ।

easy care

प्रकाशित: २८ माघ २०८०, आईतवार

ताजा समाचार