१३ अर्ब डलरमा बिक्री भएपछि तोशिबा डिसेम्बर २० मा निजी कम्पनी बन्दै

Technology Khabar २६ आश्विन २०८०, शुक्रबार

१३ अर्ब डलरमा बिक्री भएपछि तोशिबा डिसेम्बर २० मा निजी कम्पनी बन्दै

काठमाडौं ।

तोसिबा कर्पले यहि बिहीबार नोभेम्बर २२ मा एक असाधारण शेयरधारकहरुको बैठक आयोजना गर्ने बताएको छ जसले डिसेम्बर २० मा टोकियो स्टक एक्सचेन्जबाट हटाइने शेयरको एकीकरणलाई अनुमोदन गर्नेछ।

जापानी समूह तोशिबाले गत महिना निजी इक्विटी फर्म जापान इन्डस्ट्रियल पार्टनर्सबाट २ ट्रिलियन येन (१३.४ बिलियन डलर) को टेन्डर प्रस्तावको सफलताको घोषणा गरेको थियो।

कम्पनी अब शेयर बजारबाट हटेर निजी कम्पनीको रुपमा काम गर्ने योजनामा हरेको छ।

easy care

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार