चीनले डिसेम्बर १ देखि वैज्ञानिक अनुसन्धानमा नैतिक सीमा निर्धारण गर्दै

Technology Khabar २५ आश्विन २०८०, बिहीबार

चीनले डिसेम्बर १ देखि वैज्ञानिक अनुसन्धानमा नैतिक सीमा निर्धारण गर्दै

काठमाडौं ।

चीनले वैज्ञानिक अनुसन्धानमा नैतिक सीमा निर्धारण गर्ने भएको छ।

डिसेम्बर १ देखि, चीनले नयाँ नियमहरू लागू गर्दैछ, जसमा विश्वविद्यालयहरू, अस्पतालहरू र उद्यमहरू लगायत सबै अनुसन्धान संस्थाहरूलाई नैतिकता समीक्षा गर्नुपर्ने बताइएको छ।

यो कदम, विज्ञान र प्रविधि मन्त्रालयकाअनुसार, विज्ञान र प्रविधि “राम्रोको लागि” प्रयोग गरिन्छ भन्ने सुनिश्चित गर्ने उद्देश्यले गरिएको उल्लेख छ।

यो विकासले मानव र जीवजन्तु अनुसन्धान, साथै कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रहरूमा नैतिक विचारहरूको लागि दिशानिर्देशहरू स्थापना गर्न अगाडि ल्याउँदै चीनको लागि पहिलो प्रयास रहेकाे बताइएको छ।

थर्ड-पार्टी एक्सपर्ट भेरीफिकेसन आवश्यक पर्ने क्षेत्रहरू मध्ये सोसल इन्फ्लुइन्स, इन्भेसिभ ब्रेन-कम्प्यूटर इन्टरफेसहरू, र स्वास्थ्य र सुरक्षालाई असर गर्ने अटोमेटेड डिसिजन मेकिङ-सिस्टमहरू भएका एल्गोरिदमिक मोडलहरू छन्।

नयाँ नियमहरूले विशेष गरी चिनियाँ वैज्ञानिक हे जियानकुईको जस्तै नैतिक समस्याहरूद्वारा देखिएका अवस्थामा ‘मच-निडेड मोरल कम्पास’को रूपमा काम गर्न सक्ने उल्लेख छ। उनले जीन-इडिटेड गरिएका बच्चाहरू सिर्जना गरेर संसारलाई चकित पारे र पछि अवैध चिकित्सा अभ्यासहरूको लागि जेलमा परेका थिए।

अर्कोतर्फ, दिशानिर्देशहरूले नवीनतालाई दबाउन सक्ने आशंका गरिएको छ। न्यूनतम सात सदस्य भएको नैतिकता समीक्षा समितिको गठनले अनुसन्धान परियोजनाहरू सुस्त बनाउन सक्ने गिज्माेचाइनामा उल्लेख छ।

यी समितिहरूसँग परियोजनाहरू रद्द गर्ने अधिकार रहेकाे,जसले द्रुत-गतिमा वैज्ञानिक प्रगतिहरूको लागि सम्भावित अवरोध खडा गर्ने बताइएकाे छ।

गाइडलाइन्सहरूले डाटा र अल्गोरिदमहरू – एआई विकासको अभिन्न अंगहरू – समीक्षा प्रक्रियाबाट गुजर्नका लागि “संवेदनशील अनुसन्धान क्षेत्रहरू” मा व्यापक जाल पनि राख्ने उल्लेख छ । यसले विश्वव्यापी प्राविधिक दौडमा चीनको अडानलाई असर गर्न सक्ने उल्लेख छ। विशेष गरी स्वास्थ्य सेवादेखि राष्ट्रिय सुरक्षासम्मका क्षेत्रहरूमा एआई बढ्दो रूपमा क्रीटीकल कम्पोनेन्ट बन्दै गएको छ।

easy care

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार