आरआईएससी भी चिप टेक्नोलोजीमा अमेरिकी नियमनले ग्लोबल इनोभेसनलाई रोक्नसक्ने आशंका

Technology Khabar २५ आश्विन २०८०, बिहीबार

आरआईएससी भी चिप टेक्नोलोजीमा अमेरिकी नियमनले ग्लोबल इनोभेसनलाई रोक्नसक्ने आशंका

काठमाडौं ।

आरआईएससी भी चिप टेक्नोलोजीमा अमेरिकी नियमनले ग्लोबल इनोभेसनलाई रोक्न सक्ने विशेषज्ञहरूले बताएका छन्।

अमेरिकी-चीन टेक वारमा तनाव बढ्दै जाँदा, कानून निर्माताहरूले बाइडेन प्रशासनलाई खुला स्रोत चिप टेक्नोलोजी आरआईएससी भीमा अमेरिकी कम्पनीहरूको संलग्नता सिमित गर्न दबाब दिइरहेका छन्।

राष्ट्रिय सुरक्षा कदमको रूपमा विशेषज्ञहरूले त्यस्ता कार्यहरूले विश्वव्यापी स्तरमा प्राविधिक प्रगतिलाई बाधा पुर्याउन सक्ने पनि चेतावनी दिएका छन्।

आरआईएससी भी, जसको अर्थ “रीड्यूज्ड इन्सट्रक्सन सेट कम्यूटीङ् -५ “हो, जसले ब्रिटिश फर्म आर्म होल्डिङ्सको स्वामित्व चिप प्रविधिसँग प्रतिस्पर्धा गर्छ। यो ओपन सोर्स प्रकृतिको रहेको उल्लेख छ। यसको मतलब यसले मोबाइल फोनदेखि एआई प्रोसेसरसम्म सबै कुराको लागत घटाउन सक्ने बताइएकाे छ। यद्यपि, कानुन निर्माताहरूले यो चीनको लागि अमेरिकी बौद्धिक सम्पत्तिको शोषण गर्न र सेमीकण्डक्टर दौडमा पर्नको लागि ब्याकडोर हुनसक्ने बताएका छन्।

आरआईएससी भीको नियमन विशेष गरी अमेरिका र चीन बीचको प्राविधिक वारको साथ पहिलो नजरमा एक स्मार्ट रणनीतिक चाल जस्तो लाग्न सक्छ। यद्यपि, ओपन सोर्स चिप टेक्नोलोजी, अमेरिकाको लागि दुईधारे तरवार हुन सक्ने उल्लेख छ।

जबकि सिनेटर मार्को रुबियो र मार्क वार्नर जस्ता लमेकर्सहरू चीनले अमेरिकी प्राविधिक प्रभुत्वलाई बाइपास गर्न आरआईएससी भी प्रयोग गर्न सक्ने भन्दै चिन्तित छन्।

आलोचकहरूले यस प्रविधिमा प्रतिबन्धहरू राख्दा चिप इनोभेसनमा विश्वव्यापी सहकार्यमा कटौती हुने तर्क गर्छन्।

क्यालिफोर्नियामा आधारित स्टार्टअप एसआई ५ का प्राविधिक कार्यकारी ज्याक कांगले आरआईएससी भीको सम्भावित नियमनलाई “हामीलाई इन्टरनेटमा काम गर्नबाट प्रतिबन्ध लगाउने” सँग तुलना गरेका छन्।

यस ओपन सोर्स प्रविधिबाट अमेरिका आफैं लाभान्वित भएकाले-गुगलले आफ्नो एन्ड्रोइड प्रणालीलाई आरआईएससी भीसँग मिल्दो बनाउने योजना बनाएको तथा क्वालकमले आरआईएससी भी चिप्समा युरोपेली फर्महरूसँग सहकार्य गरिरहेको बताइएकाे छ।

यसको प्रभाव दूरगामी हुने, जसले अमेरिका र चीनलाई मात्र नभई थप प्रभावकारी र आर्थिक चिप प्रविधिहरू सिर्जना गर्ने युरोपेली प्रयासहरूलाई पनि असर गर्ने उल्लेख छ।

easy care

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार