जापानी अटो कम्पनी डाइहात्सुले नयाँ कन्सेप्ट इभी देखाउँदै

Technology Khabar २३ आश्विन २०८०, मंगलवार

जापानी अटो कम्पनी डाइहात्सुले नयाँ कन्सेप्ट इभी देखाउँदै

काठमाडौं ।

माइक्रोकार, भ्यान र कम्प्याक्ट ट्रक उत्पादनका लागि चिनिने जापानी ब्रान्ड डाइहात्सुले केही हप्तामा जापान मोबिलिटी शोमा विद्युतीय सवारीसाधन (इभी) ल्याउन तयार छ।

यद्यपि ब्रान्डले अमेरिकामा आफ्नो सवारी साधन उपलब्ध नहुने बताइएको छ। यो अझै पनि कम्प्याक्ट कार र व्यावसायिक वाहनहरूमा विशेषज्ञताका साथ जापानमा एक पावरहाउस हो। डाइहात्सु टोयोटाको सहायक कम्पनी हो। यसले आकारमा सानो भएपनि कम नवीनता नरहेको प्रमाणित गर्न खोजीरहेको उल्लेख छ।

डाइहात्सुले कार्यक्रममा चार ओटा इलेक्ट्रिक कन्सेप्टहरू प्रदर्शन गर्दैछ। प्रत्येकले टेबलमा केही बेग्लै कुरा ल्याउने बताइएको छ। कन्सेप्टहरू मध्ये तीन इलेक्ट्रिक यूटीलीटी मोडल र एक इलेक्ट्रिक ओपन-टप रोडस्टर छन्।

टोयोटाको सहायक कम्पनी डाइहात्सु, कम्प्याक्ट मोडलहरू विशेष गरी जापानमा केई क्लासका साना गाडीहरूमा विशेषज्ञता राख्छ। यस वर्षको सुरुमा, डाइहात्सु, टोयोटा र सुजुकीसँग मिलेर अर्को पुस्ताको विद्युतीय कमर्शियल भ्यानहरूका लागि प्लेटफर्म विकास गर्न सहयोगको घोषणा गरेको थियो।

डाइहात्सुको इलेक्ट्रिक वाहन लाइनअपको हाइलाइटहरु मध्ये एक ओसान्पो हो। यो ओपन रुफको साथमा एक इलेक्ट्रिक रोडस्टर हो। ओसान्पोले यसलाई एक कम्प्याक्ट मेसिन बनाउँदै १३३.७ इन्च (३,३९५ मिलिमिटर) लम्बाइ मापन गर्ने उल्लेख छ।

अर्को इलेक्ट्रीक कन्सेप्ट मी:मो इभी हो, कम्प्याक्ट भेहिकल जसमा केबिनमा पर्याप्त नेचुरल लाइट दिनका लागि आकर्षक आयताकार डिजाइन र ठूला विन्डोजहरू छन्। यसको लम्बाइ ११६.३ इन्च (२,९५५ मिमी) रहेको बताइएको छ।

यी मोडलहरूका अतिरिक्त, डाइहात्सुले युनिफर्म कार्गो र युनिफर्म ट्रक कन्सेप्टहरू पनि प्रदर्शन गर्नेछ, जुन कम्प्याक्ट इलेक्ट्रिक कमर्शियल भेहीकलहरू हुन्। दुवै सिरिजहरू लम्बाइमा १३३.७ इन्च (३,३९५ मिमी) मापन गर्ने तथा दुबैमा रिमोभेबल इन्टिरियर र एक्स्टेरियर पार्टसहरु रहेका उल्लेख छ।

यसबाहेक, डाइहात्सुले फेयरमा पुन: आविष्कार गरिएको कोपेन रोडस्टरको कन्सेप्ट प्रस्तुत गर्ने बताइएको छ, जुन हालको मोडलभन्दा ठूलो र शक्तिशाली छ। नयाँ कोपेनमा १.३-लिटर इन्जिन र सुधारिएको आयाम, १५१ इन्च लम्बाइ र ६६.७ इन्च चौडाइ रहेको गिज्मोचाइनामा उल्लेख छ।

जापान मोबिलिटी शो अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म टोकियो बिग साइट प्रदर्शनी केन्द्रमा हुनेछ।

easy care

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार