भारतमा प्योर ईभीको ईप्लुटो ७जी म्याक्स इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज २०१ किलोमिटर

Technology Khabar १९ आश्विन २०८०, शुक्रबार

भारतमा प्योर ईभीको ईप्लुटो ७जी म्याक्स इलेक्ट्रिक स्कुटर लन्च, रेञ्ज २०१ किलोमिटर

काठमाडौं ।

प्योर ईभीले भारतमा आफ्नो नयाँ ईप्लुटो ७जी म्याक्स इलेक्ट्रिक स्कुटर लन्च गरेको छ। ईप्लुटो म्याक्स ७जी रेट्रो थिमको इलेक्ट्रिक स्कुटर हो।

प्योर ईभीले भारतीय बजारमा ईप्लुटो ७जी म्याक्स इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १४ हजार ९९९ भारु (एक्स शोरुम)मा लन्च गरेको हो। यस इलेक्ट्रिक स्कुटरको बुकिङ भारतमा खुल्ला भइसकेको छ।

रिपोर्टका अनुसार कम्पनीले यस नयाँ इलेक्ट्रिक स्कुटरको डेलिभरी तिहारको सिजनमा गर्ने अपेक्षा गरिएको छ। यस ईभीको लन्चका साथ कम्पनी उत्कृष्ट तथा लग्जरी ड्राइभिङ अनुभव दिन प्रतिबद्ध भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ईप्लुटो ७जी म्याक्स इलेक्ट्रिक स्कुटरले फुल चार्जमा २०१ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

स्कुटरमा हिल स्टार्ट असिस्ट, डाउनहिल असिस्ट, कोस्टिङ रिजेन, रिभर्स मोड, ब्याट्री लामो समयसम्म टिक्नका लागि स्मार्ट एआई जस्तो कयौं फिचर्स छन्। यो इलेक्ट्रिक स्कुटर चार भिन्न कलर अप्सनमा उपलब्ध छ। यसमा मेट ब्ल्याक, रेड, ग्रे र ह्वाइट कलर विकल्प रहेको छ।

स्कुटरमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। इलेक्ट्रिक मोटरले ३.२१ बीएचपीको पिक पावर जेनरेट गर्छ।

साथै यसमा एआईएस–१५६ सर्टिफाईड ब्याट्री प्याक आर्टिफिसियल इन्टेलिजेनस (एआई)बाट सुसज्जित स्मार्ट ब्याट्री छ। राइडिङ अनुभव उत्कृष्ट बनाउनका लागि तीन राइडिङ मोड दिइएको छ।

यसमा स्मार्ट रिजेनरेटिभ प्रविधि छ। साथै यसमा राइडरको सुविधाका लागि रिभर्स मोड असिस्ट तथा पार्किङ असिस्ट उपलब्ध छ।

easy care

प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार