रियलमी ११ लाइनअप आधिकारिक रूपमा आगामी मे १० मा आउने

Technology Khabar १४ बैशाख २०८०, बिहीबार

रियलमी ११ लाइनअप आधिकारिक रूपमा आगामी मे १० मा आउने

काठमाडौं ।

रियलमी ११ सिरिज अर्को महिना आउँदैछ भनेर पहिले नै थाहा भएको र अब भने उक्त सिरिजको आधिकारिक लन्च मिति पनि सार्वजनिक भएको छ। रियलमी ११ सिरिज आधिकारिक रूपमा आगामी मे १० मा रिलिज गरिने भएको छ। साथै कम्पनीद्वारा वेईबो मार्फत यस आधिकारिक लन्च मितिको पुष्टि गरिएको थियो। चीनमा लन्च भएपछि उक्त डिभाइसहरू यस वर्षको अन्तमा अन्तर्राष्ट्रिय बजारमा पनि लन्च गरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यस बीचमा, भेनिला रियलमी ११ ५जी लाई चीनमा ३सी द्वारा प्रमाणित गरिएको र यसको चार्जिङ गति ३३वाट रहेको भनी पुष्टि गरिएको छ। आरएमएक्स३७५१ डिभाइसले भीओओसी ४.० चार्जरहरूलाई ११भी/३ए आउटपुटको साथ समर्थन गर्ने र रियलमी १०को एलटीई र ५जी संस्करणहरूसँग पनि मेल खाने उल्लेख गरिएको छ।

रियलमीले पहिले नै आफ्नै स्टोरहरु जेडीडटकम र टीमलडटकम मा प्रि–अर्डर/अपोइन्टमेन्ट ल्यान्डिङ पृष्ठहरू सेट अप गरिसकेको बताइएको छ। आधिकारिक कार्यक्रमको लागि अब मात्र दुई हप्ता काँकी रहँदा उक्त पृष्ठहरू मार्फत थप स्पेक्स र फिचर्स खुलासा गरिने बताइएको छ। अहिलेसम्म, रियलमी ११, रियलमी ११ प्रो, र रियलमी ११ प्रो प्लस गरि कम्पनीबाट कम्तिमा पनि तीन फोनहरू आशा गर्न सकिने बताइएको छ। साथै रियलमी ११ र रियलमी ११ प्रोको अगाडि कर्भ–एज ओएलईडी प्यानलको अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार